Incident Reports

एउटा पेस्तोल र ११ थान गोलि बरामद

2017-11-20

Lumbini, Dang, Tulsipur

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँमा लुकाएर राखेको अवस्थामा एउटा अत्याधुनिक पेस्तोल फेला परेको छ। मेडइन यूएसए लेखिएको उक्त पेस्तोल १२ राउन्डको भएपनि व्यारेल फुटेको अवस्थामा फेला परेको सशस्त्र प्रहरी वेश क्याम्प तुलसीपुरका प्रमुख एवं सशस्त्र प्रहरी नायव उपरिक्षक जगदिश जोसीले जानकारी दिए । आइवार दुधेनास्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरि जोसीले त्यस्तो जानकारी दिएका हुन । उक्त पेस्तोल चालवाला पूर्जा खोलेर कपडामा बाँधेर पोको पारेको अवस्थामा कुलोको खोल्सोमा लुकाएर राखेको अवस्थामा फेला परेको थियो । पेस्तोल फेला परेको आसपासमा ११ थान ‘लाईफ राउन्ड गोली’ समेत फेला परेको सशस्त्र प्रहरी नायव उपरिक्षक जोसीले बताए । नौं एमएमको उक्त गोली एसएमजी र स्वचालित पेस्तोलहरुमा समेत प्रयोग हुने जोसीले बताए ।
Other Sources

0 Comments