Incident Reports

बालगृहमै बालिका असुरक्षित

2017-11-19

Bagmati, Chitawan, Ratnanagar

मंसिर २, २०७४-रत्ननगर नगरपालिकामा रहेको एक बालगृहका सञ्चालकले त्यहाँ आश्रित ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका छन् । अस्वस्थ भएपछि बालिका आफ्नो घर सुर्खेत गएकी थिइन् । अभिभावकलाई घटनाबारे जानकारी गराएपछि जबरजस्ती गरेको बारे खुलेको हो । उनलाई क्षेत्रीय अस्पताल सुर्खेतमा परीक्षण गर्न लगिएपछि करणी प्रमाणित भएको हो । लगत्तै अभिभावक यहाँ आई जिल्ला प्रहरीमा किटानी जाहेरी दिएपछि घटनाको रहस्य खुलेको हो । गृह सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । उनको गृहबाट अन्य ३ बालबालिकालाई उद्धार गरिएको छ । जिल्लामा रहेका अधिकांश बालबालिका असुरक्षित रहेको भन्दै सरोकारवालाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । रत्ननगर १ भक्तिनी बगैंचाका ६१ वर्षीय गोविन्द ढकालले ११ वर्षीया बालिकालाई करणी गरेका हुन् । उनले वैशाखदेखि पटकपटक करणी गर्दै आएको बालिकाले प्रहरीसमक्ष बयान दिएकी छन् । ५ वर्षदेखि ढकालले आफ्नै घरमा सञ्चालन गर्न लागेको बालगृहमा बसेकी बालिका करणीको पीडा सहन नसकेर आफ्नै घर सुर्खेत गएकी थिइन् । आमालाई घटनाबारे जानकारी गराएपछि आफन्तले अस्पतालमा परीक्षण गराएका हुन् । त्यसपछि गत आइतबार ढकालविरुद्ध प्रहरीमा जाहेरी दिइएको हो । ढकाललाई अदालतबाट म्याद थप गरी थुनामा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी रत्ननगरका प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खतिवडाले बताए । ‘हामी आरोपितसँग बयान लिने तयारीमा छैनांै,’ उनले भने,‘ ढकालले अपराध स्विकारेका छैनन्, लिखित बयान बाँकी छ ।’ उनी केही वर्ष अस्थायी शिक्षकका रूपमा काम गरेपछि तत्कालीन गाविसको सचिवमा स्थायी भई अवकाश पाएका हुन् । बलात्कारको घटनापछि त्यहाँ आश्रित ३ बालबालिकालाई महिला तथा बालबालिका कार्यालय, प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको छ । उनीहरूलाई भरतपुरस्थित आदर्श गृहमा राखिएको छ । बलाकृत बालिकालाई चिकित्सकको निगरानीमा राखिएको छ । ढकाल क्रिस्चियन धर्मावलम्बी हुन् । उनले यही धर्मको नाममा बाहिरबाट आर्थिक संकलन गर्थे । खैरहनी ४ मा रहेको मारानाथा बालविकास केन्द्रका ढकाल कोषाध्यक्ष हुन् । उक्त बालगृह दर्ता रहे पनि यस वर्ष नवीकरण भएको छैन । त्यहाँ २८ भन्दा बढी बालबालिका क्रिस्चियन धर्मको प्रचारकका रूपमा आश्रित छन् । ढकालले बालगृह सञ्चालन गर्न भन्दै गैरकानुनी रूपमा ४ जना बालबालिकालाई घरमा राखेका थिए । जिल्ला बालकल्याण समिति, महिला तथा बालबालिका कार्यालयको सिफारिसबिना त्यसरी बालबालिकालाई घरमा राख्नु गैरकानुनी हो । उनले कानुन मिचेर बालबालिका राखेर बलात्कार गरेका हुन् । ढकाल कोषाध्यक्ष रहेको बालविकास केन्द्र ०६६ सालमा प्रशासनमा दर्ता गराएका थिए । उनले पेस गरेको विधानमा येशु चाँडै आउँदै हुनुहुन्छ भनेर लेखिएकाले नवीकरण नगरिएको महिला तथा बालबालिका कार्यालय प्रमुख शान्ताकुमारी पौडेलले बताइन् । विधान संशोधन नगरे नवीकरण नहुने कार्यालयले जनाएपछि ढकाल संशोधन गर्ने मनस्थितिमा थिएनन् । ‘जिल्लामा खुलेका अधिकांश बालगृहका बालबालिकाको अवस्था नाजुक छ,’ प्रमुख पौडेलले भनिन्,‘माथिल्लो निकायले तत्कालै अनुगमन गरी कारबाही गर्न जरुरी छ ।’ धेरै जसो बालगृहमा बालबालिका असुरक्षित बनेको उनको तर्क छ । बालगृह दर्ता गर्न भनेर आउनेहरू क्रिस्चियन धर्मको प्रचारका लागि भन्ने स्पष्ट हुने विधान बोकेर आउने गरेको पाइयो । चितवनको पहाडी गाउँ तथा सुर्खेत, हैटांैडा, आछामबाट बालबालिका ल्याएर ढकालले बालविकास केन्द्रमा राख्ने गरेका थिए । रोकिएन ‘मनोपोली’ जिल्लामा बालगृह सञ्चालकको मनोपोली रोकिएको छैन । परिवारको संरक्षण नपाएका बालबालिकालाई संरक्षण गर्न भनेर सञ्चालन गर्ने बालगृह धर्मप्रचार र विदेशी सहयोग भित्र्याउन बढी सक्रिय भएको देखिएको छ । भरतपुर महानगरभित्रको जगतपुरमा कोरियन नागरिकले आशा बालगृह सञ्चालन गरेका छन् । त्यहाँ क्रिस्चियन धर्म मान्ने बालबालिका राखिएका छन् । आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड ०६९ रहे पनि सञ्चालकले यसको वास्ता गर्दैनन् । जिल्ला बालकल्याण समितिले बालगृहले दिने सेवा सुधार गर्न निर्देशन दिए पनि अटेर गर्ने प्रवृत्ति बढेको छ । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्लाभित्रको बालगृहको अवस्था बुझ्न र अनुगमन गर्न टोली बनाइएको बताए । ‘हामीले टोली गठन गरी अनुगमनमा खटाएका छांै,’ उनले भने, ‘नियम मिचेर सञ्चालनमा रहेका बालगृह सञ्चालकलाई कारबाही गर्छौं, बिनादर्ता रहेकाको खारेज हुन्छ ।’ यहाँ अधिकांश बालगृहमा बालबालिकालाई बिहान र बेलुका क्रिस्चियन धर्मको प्रार्थना गराइन्छ । सिरानीमा बाइबल राख्न लगाइन्छ । ‘हामीले पटकपटक सचेत गराएका हांै,’ महिला तथा बालबालिका कार्यालय प्रमुख पौडेलले भनिन्, ‘बालगृह सञ्चालकले अटेर गरेका छन्, धर्म प्रचार गर्न छाडेका छैनन् ।’ जिल्लामा दर्ता भएर सञ्चालनमा रहेका ३२ वटा बालगृह छन् । जसमा ९ सय ४० बालबालिकाले संरक्षण लिएका छन् । जिल्ला बालकल्याण समिति वा महिला तथा बालबालिका कार्यालयको सिफारिसबिना बालबालिकालाई बालगृहमा राख्न नपाइने प्रावधान छ । अधिकांश बालगृह सञ्चालकले आफूअनुकूल बालबालिका खोज्ने गरेका छन् । उनीहरू सबै क्रिस्चियन धर्ममा आबद्ध छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments