Incident Reports

पैसाको चलखेल गरि शिक्षक नियुक्त गरेअचि अनिश्चितकालिन तालाबन्दी

2017-11-01

Madhes, Dhanusha, Mithila, Ward 12

धनुषाको बटेश्वर गाउँपालिका-४ मा रहेको श्री शिवशक्ति उच्च मा.वि.मा स्थानीयबासिन्दाले अनिश्चितकालिन तालाबन्दी गरेका छन्। विद्यालयले गत असोज ३१ गते विघटन गरेको अवैध विद्यालय व्यवस्थापन समितिलाई पुन : प्रधानाध्यापक लक्ष्मेश्व्रर मण्डलले निरन्तरता दिएपछि स्थानीयले बुधबार तालाबन्दी गरेका हुन्। प्रअ मण्डलले विद्यालयका पुर्व व्यवस्थापन समिति अध्यक्ष गंगा प्रसाद साहको अध्यक्षतामा अन्य केहि नयाँ सदस्यललाई थपेर अन्तरिक रुपमै अवैध समिति गठन गरेको स्थानीयको आरोप छ। अवैध समितिबाट प्रअ मण्डलले पैसाको चलखेल गरि प्रक्रिया पुर्याएर दरबन्दीमा २ वटा गरि ४ जना शिक्षक नियुक्ति गरेको रहस्य खुलेपछि स्थानिहरु आक्रोसित भएको अभिभावक कृष्णकुमार महतोले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Others
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Mahottari

0 Comments