Incident Reports

OnlineKhabar: A body of a woman found near koshi river

2017-11-20

Madhes, Saptari, Hanumannagar Kankalini

A body of a women who was brutally murdered was found in Hanuman nagar-Kankalini of Saptari. A body of a woman was found near the Koshi river. Hand, Leg and Head of the body were separated and thrown into different directions. The body of the women has decayed due to which it is being difficult to identify the body. Police is further investigating the case. सप्तरीको हनुमाननगर-कंकालनी नगरपालिकामा एक जना महिलाको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ । हनुमाननगर-कंकालनी नगरपालिका ५ स्थित १ नम्बर योगिनियाँस्थित कोशी नदी छेउमा महिलाको शव फेला परेको हो । हात, खुट्टा तथा टाउको काटिएको अवस्थामा शव फेला परेको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए । महिलाको दुबै हात काटेर उत्तरतर्फ, खुट्टा काटेर दक्षिणतर्फ र शरीर र टाउको काटेर पूर्वतर्फ छुट्टाछुट्टै ठाउँमा फ्याँकिएको छ । टाउको र शरीर गलिसकेकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । फेला परेको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याउने तयारी भइरहेको प्रहरी प्रमुख सिंहले जानकारी दिए । शव कसको हो भन्नेबारे खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments