Incident Reports

सप्तरीमा हात, खुट्टा र टाउको काटिएको शव फेला

2017-11-20

Madhes, Saptari, Hanumannagar Kankalini

सप्तरीको हनुमाननगर-कंकालनी नगरपालिकामा एक जना महिलाको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ । हनुमाननगर-कंकालनी नगरपालिका ५ स्थित १ नम्बर योगिनियाँस्थित कोशी नदी छेउमा महिलाको शव फेला परेको हो । हात, खुट्टा तथा टाउको काटिएको अवस्थामा शव फेला परेको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए । महिलाको दुबै हात काटेर उत्तरतर्फ, खुट्टा काटेर दक्षिणतर्फ र शरीर र टाउको काटेर पूर्वतर्फ छुट्टाछुट्टै ठाउँमा फ्याँकिएको छ । टाउको र शरीर गलिसकेकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । फेला परेको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याउने तयारी भइरहेको प्रहरी प्रमुख सिंहले जानकारी दिए । शव कसको हो भन्नेबारे खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments