Incident Reports

युवती दुर्व्यवहार गरी प्रहरीचौकी आगजनी गर्न खोज्नेलाई मुद्दा

2017-11-12

Bagmati, Makawanpur, Manahari

मादक पदार्थ सेवन गरी अर्को गाउँका युवतीलाई जबरजस्ती गर्न खोजेको र त्यही निहुँमा ईलाका प्रहरी कार्यालय नेवारपानीमा तोडफोड गरेको आरोपमा प्रहरीले सातजनालाइ पक्राउ गरी मुद्दा चलेको छ। शनिबार वनभोज खाएर फर्किने क्रममा मनहरी गाउँपालिका-३ लामिटारमा हेटौडा-१९ नेवारपानीका विदुरराज जिम्बा लगायत ६ जनाको टोलीले स्थानीय ३ युवतीमाथि दुर्व्यवहार गरेका थिए। मादकपदार्थ सेवन गरी म्याजिक भ्यानमा आएका उनीहरुले स्थानीय युवतीलाई घरसम्म लखेटेको र घरमा पुग्दा मनलाग्दी बोलेर लात्ताले हानेको प्रहरीले बताएको छ। स्थानीयले जिम्बासहित को टोलीलाई नियन्त्रणमा लिएपछि नेवारपानीबाट राजकुमार जिम्बाको नेतृत्वमा एकहुल युवाहरु झगडा गर्न लामिटार तिर गएका थिए। सोहि क्रममा इलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी नायब निरीक्षक हरिबहादुर मोक्तानको टोलीले उनीहरुलाई पुलमा रोकेपछि आक्रोशित बनेको समूहले नेवार पानीचौकीमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपराज झाले जानकारी दिए। झगडा गर्न नपाएको निहुँमा आक्रोशित बनेको नेवारपानीका युवाहरुले प्रहरीचौकमा तोडफोड गर्दै आगजनी गरेका थिए। सोहि क्रममा प्रहरी जवान मुखलाल राउतको टाउको फुटेको डीएसपी झाले जानकारी दिए। युवतीले दिएको बयानका आधारमा २८ बर्षीय राजकुमार जिम्बा, २० बर्षका जितबहादुर बल, ४२ बर्षीय पूर्णबहादुर गोले, ३२ बर्षका दिपक लामा, ३० बर्षीय सन्तकुमार गोले र राजेन्द्र गोलेलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी आवश्यक कारवाही एवं अनुसन्धान प्रक्रिया अघि बढाएको छ। म्याजिक भ्यानमा रहेका अन्य ५ जना भने फरार रहेको डीएसपी झाले बताए। तनावको अवस्थालाइ नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड हवाइ फायरिंग समेत गरेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Assault (small group)
Weapons Blunt weapon , Fire
Primary Cause Other types of GBV
Actor 1 - Number of people 11
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 15
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Total damaged Buildings 1
Local Newspaper - Makwanpur

0 Comments