Incident Reports

निम्बसको पहिलो उद्योगमा हडताल, १२ करोडको घाटा, श्रमले काममा फर्कन पठायो पत्र

2017-11-08

Madhes, Bara, Parwanipur, Ward 5

नेपालकै चर्चित व्यापारिक समूह निम्बसको पहिलो उद्योग प्रोजिओकेम पालीमा फेरि मजदुर हड्ताल भएको छ। बारा, परवानीपुर गाउँपालिका-५ बहुअरीस्थित प्लास्टिक बोरा उत्पादन गर्ने पछिल्लो अढाई महिनादेखि मजदुरहरुले गरेको हड्तालको कारण उद्योगको उत्पादन पूर्णरुपले ठप्प भई करौडौ घाटा लागेको व्यवस्थापन पक्षले जनाएको छ। उद्योग बन्द अवधिमा करिब १२ करोडको घाटा बेहोरेको जनाएको छ। भदौ ६ गतेदेखि उद्योगको पौने ८ बजेको समयमा केहि मजदुरले एक्कासि कम्पनिको काम ठप्प पारी हुलहुज्जत गरी उद्योगका मजदुर कृष्ण साहलगायतलाई घेरा हाली कुटपिट गरेका थिए। घटनामा संग्लग्न १३ जना मजदुरलाइ व्यवस्थापन पक्षले अवकाश दिंदा मजदुरहरु गैरकानुनी हडतालमा उत्रे। तिनै १३ जनाको पुर्नबहालीको माग गर्दै उद्योग सम्बुद्ध तीनवटा ट्रेड युनियनले गैरकानुनी हडताल गर्दै उत्पादन ठप्प परेका हुन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Others
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments