Incident Reports

महिलामाथि दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-11-23

Sudurpashchim, Darchula, Byas, Ward 3

२७ वर्षीया महिलामाथि दुर्व्यवहार गरेको आरोपमा ३७ वर्षीय सुरेशसिंह विष्टलाई प्रहरीले गिरफ्तार गरेको छ । व्याँस गाउँपालिका-३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत विष्टलाई मङ्सिर ८ गते गिरफ्तार गरेको हो । गोकुलेश्वरस्थित विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी विष्टले स्थानीय महिलामाथि दुर्व्यवहार गरेको पीडितले आरोप लगाएको छ । मतदान केन्द्रमा खटिएका विष्टले राती बास बसेको ठाउँमा महिलामाथि दुर्व्यवहार गरेको भन्दै स्थानीयबासीले प्रहरी चौकी सुनसेरामा उजुरी दिएपछि विष्टलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले जानकारी दिए । पीडित पक्षको निवेदनका आधारमा सहायक मतदान अधिकृत विष्टलाई गिरफ्तार गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको शाहीले बताए । पीडित पक्षलाई समेत जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ । निर्वाचनका लागि खटिएका सहायक मतदान अधिकृत थुनिएपछि उक्त केन्द्रमा नयाँ कर्मचारी पठाइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश राजेन्द्र नेपालले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments