Incident Reports

हातहतियार बरामद

2017-12-04

Bagmati, Chitawan, Bharatpur, Ward 5

भरतपुर महानगरपालिका–५ स्थित सिमलको रुखमुनी झाडीमा लुकाई राखेको अवस्थामा १ नाल कटुवा पेस्तोल, १ राउण्ड एसएलआरको गोली र १५ ग्राम गनपाउडर सोमबार प्रहरीले फेला पारी बरामद गरेको छ । शंकास्पद बस्तुको खोजी कार्य अभियान अन्तर्गत ३ नम्बर प्रदेश प्रहरी कार्यालयको तालिम प्राप्त कुकुर समेतले खोजी गर्दै जाने क्रममा उक्त हातहतियार फेला परेको हो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
Police website , Local Newspaper - Chitwan

0 Comments