Incident Reports

नलकटुवा पेस्तोल सहित ३ जना पक्राउ

2017-11-18

Madhes, Dhanusha, Janakpur

जनकपुरमा नलकटुवा पेस्तोल सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका-१३ बस्ने १६ वर्षीय सौरव पटेल, महोत्तरीको बालवा नगरपालिका-२ का अतिश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनीहरुलाई गत शनिवार राति गोप्य सुचनाको आधारमा क्राईम ब्रान्चको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषा जनाएको छ। उनिहरुको साथबाट एक थान नल कटुवा पेस्तोल, तीन थान मोबाइल समेत वरामद गरि म्याद थप भई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha

0 Comments