Incident Reports

बालकको मृत्यु पछी यातायात बन्द

2017-12-05

Province 1, Jhapa, Arjundhara, Ward 2

यात्रुवाहक बसको ठक्करबाट मंगलबार झापामा एक बालक को मृत्यु भएको छ। पूर्वोत्तर झापाको खुदुनाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ख २२४६ नम्बरको बसको ठक्करबाट अर्जुनधारा नगरपालिका-३ का आइन्द्र लाम्गादेका ८ वर्षीय छोरा समीरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानेको छ। तिब्र गतिमा एको बसले पैदलयात्री बालकलाई अर्जुनधारा-२ झेलेनिमा धक्कर दिएको प्रहरीले जनाएको छ ।बसको ठक्करबाट गम्भीर घाइते बालकको बिर्तामोडस्थित बि एण्ड सी हस्पिटल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।बालकको मृत्युपछी मृतकका आफन्त र सर्वसाधारणले चालकलाई कारवाहीको माग गर्दै खुदुनावारीदेखि दानावारी जोड्ने सडक अवरुद्ध गरे ।चालकको हेलचेक्राईले बालकको मृत्यु भएको भन्दै उनीहरुले सडक अवरुद्ध गरेका थिए।सडक अपरान्हबाट खुलेको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Jhapa

0 Comments