Incident Reports

आक्रोशित बिद्यार्थीद्वारा पूर्वाञ्चल विश्वबिद्यालय तोडफोड

2017-12-14

Province 1, Morang, Biratnagar

परीक्षा रद्ध गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आक्रोशित विद्यार्थीले मोरङ गोठगाँउमा रहेका पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका छन् । आन्दोलित विद्यार्थीको समूहले विहीवार विहान पूर्वाञ्चल विश्वबिद्यालय अन्तर्गत जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरेका हुन् । आन्दोलित विद्यार्थीहरुले कार्यालयको झयालको शिशा तोडफोड गर्नका साथै क्याम्पस प्रमुख अजयकुमार शाहको कुर्सीसमेत जलाई दिएका छन । पूर्वाञ्चल विश्वविद्यालयले हिजो बुधबार लिएको एग्रो मेट्रोलोजी एण्ड क्लाइर चेज विषयको परीक्षाको प्रश्न पत्र आउट भएको भन्दै पुनः परीक्षाको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । ४७ विद्यार्थी अध्ययनरत रहेको यस संकाय अन्तर्गत बुधबारको परीक्षा रद्ध गरी पुनः परीक्षा नगराएसम्म आफनो आन्दोलन नरोकिने बिद्यार्थीको अडान छ । जीएसटीका सभापति अनुप चपाईले हिजो भएको परीक्षा पुनः भएसम्म आफूहरुको आन्दोलन नरोकिने वताए । उनले परीक्षा पुनः गराउने विषयमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति, डिन लगायतसँग वार्ता नभएसम्म आन्दोलन नरोकिने जानकारी दिए । यता क्याम्पस प्रमुख अनयकुमार शाहले विधार्थीको आन्दोलनका वारेमा आफूले बुधबारै उपकुलपति र डिनलाई जानकारी गराइसकेको वताए । उनले परीक्षामा प्रश्नपत्र आउट भएको भन्ने विषयमा सत्याताको विषयमा आन्तरीक रुपमा विश्वबिद्यालयले अनुसन्धानसमेत थालेको क्याम्पस प्रमुख शाहको भनाई छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Arson
Weapons None , None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Secondary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Kanchanpur , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments