Incident Reports

प्रदेश राजधानी माग गर्दै वीरगञ्जमा प्रदर्शन

2017-12-20

Madhes, Parsa, Birgunj

२ को राजधानी माग गर्दै प्रदर्शन गरिएको छ । अस्थायी राजधानीको रुपमा जनकपुरलाई अगाडि सारिएदेखिनै वीरगञ्जमा बिरोध भइरहेको छ । सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरुमा मात्रै सिमित रहेको राजधानीको माग अब सडकमा पुगेको छ । बारा, पर्साका कांग्रेस र वाम गठबन्धन निकटका युवाहरुले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन माग गर्दै बुधबारबाट वीरगञ्जमा संघर्षका कार्यक्रम सुरु गरेका हुन् । ‘वीरगञ्ज संघर्ष समिति’ नाम दिएर वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउन दवावमुलक कार्यक्रम सुरु गरिएको एमालेका युवा नेता मनोज चौधरीले जानकारी दिए । ‘वीरगञ्ज सबै कुराले राजधानीका लागि उपयुक्त छ भन्ने हामीलाई लागेको छ । त्यसैले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनुपर्छ भन्ने हाम्रो माग हो’ चौधरीले भने ‘ त्यसका लागि आजबाट संघर्षका कार्यक्रमहरु सुरु गरेका छौं ।’ हरेक दृष्टिकोणले वीरगञ्ज राजधानीका लागि उपयुक्त भएकोले राजधानी वीरगञ्ज नै हुनुपर्ने माग सहित प्रदर्शन गरिएको तरुण दल बाराका अध्यक्ष लुकेस सिंहले जानकारी दिए । ‘आर्थिक नगरी वीरगञ्जमा राजधानीका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने सामथ्र्य पनि छ ।’ उनले भने ‘ त्यस बाहेक अन्य कुराहरुमा पनि वीरगञ्ज कमजोर छैन । ‘ संघर्षको कार्यक्रम अन्तर्गत बुधबार पहिलो दिन वीरगञ्जमा दबाबमुलक र्‍याली निकालिएको माओवादी केन्द्रका युवा नेता प्रभाकर गुप्ताले बताए । वीरगञ्जको घण्टाघरबाट निकालिएको दवावमुलक र्‍यालीले वीरगञ्ज महानगरपालिकाको विभिन्न भागको परिक्रमा पछि माइस्थान चोकमा आएर सभामा परिणत भएको थियो । आन्दोलनको केन्द्र मात्रै नभएर वीरगञ्ज निर्माणाधिन नीजगढ अन्र्तराष्ट्रिय विमानस्थल र काठमाडौंसँग जोड्ने फाष्ट ट्रयाकबाट पनि नजिक भएकोले राजधानी बन्नुपर्ने तर्क युवाहरुको छ । मागको सुनुवाई नभएको खण्डमा थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी वीरगञ्जका युवाहरुले दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments

Related Trend Analysis