Incident Reports

विभागको निर्णयको विरोध, इटहरीमा सडक अवरुद्ध

2017-12-21

Province 1, Sunsari, Itahari

यातायात व्यवस्था विभागले इटहरीका मुख्य राजमार्गमा सिटी सफारी सञ्चालनमा रोक लगाएपछि त्यसको विरोधमा सफारी सञ्चालकहरु आन्दोलित भएका छन् । बिहिबार उनीहरुले निर्वाधरुपमा राजमार्गका रुट भएर सेवा दिन पाउनु पर्ने माग राख्दै इटहरी चोकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण सो क्षेत्र भएर चल्ने सबै खालका यातायातका साधन अबरुद्ध भएका छन् । यातायात खुलाउने प्रयासस्वरुप क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा दुई पक्षबीच छलफल भएको भएपनि सहमति जुट्न नसकेको रातोपाटीकर्मी मनोज भुजेलले जनाएका छन् । यातायात व्यवस्था विभागले आजदेखि लागू हुने गरी मुख्य राजमार्गमा सिटि सफारी सञ्चालनमा रोक लगाएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate , Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments