Incident Reports

प्रदेश राजधानी माग गर्दै मैनबत्ती जुलुस

2017-12-21

प्रदेश नं ५ को राजधानी कपिलवस्तुलाई बनाउनुपर्ने माग गर्दै बिहिबार साँझ सदरमुकाम तौलिहवामा मैनबत्ती जुलुस प्रदर्शन गरिएको छ। युवा, बुद्धिजीवी राजनीतिक दलका प्रतिनिधि, व्यापारीले ५ नं प्रदेशको राजधानी कपिलवस्तु नै बनाउनुपर्ने माग गर्दै बजार परिक्रमा गरेका थिए। भगवान् गौतम बुद्धको ऐतिहासिक ठाउँ, भौगोलिक, सांस्कृतिक र पर्यटकीय हिसाबले पनि राजधानीका लागि अतिउत्तम जिल्ला रहेको भन्दै दबाबस्वरुप प्रदर्शन गरेका हुन्। दाङ र बुटवल राजधानी बनाउने विषयमा तीव्र विवाद भएको र यसको उत्तम विकल्प कपिलवस्तु नै भएकाले पनि प्रादेशिक राजधानी यहीँ नै हुनुपर्ने उनीहरूले माग राखेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis