Incident Reports

व्यापारी कुटपिट गर्नेलाई कारवाही गर्ने सहमतिमा बन्द बजार खुल्यो

2017-12-22

Madhes, Sarlahi, Lalbandi

व्यापारी कुटपिट गर्नेलाई पक्राउ गरि कारवाही गर्ने सहमतिपछि सर्लाहीको लालबन्दी बजारमा बिहान केहीबेर बन्द गरिएका पसल खुलेका छन् । बिहीबार दिउँसो लालबन्दी बजारमा रहेको रोज भ्याली गिफ्ट हाउसका सञ्चालक नन्दु गिरीमाथी केही युवाहरुले आक्रमण गरेका थिए । त्यसै घटनाको विरोधमा व्यापारीहरुले बिहान करिव दुईघण्टा बजार बन्द गराएका हुन् । प्रहरीले दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिवद्धतापछि बजार खुलाइएको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष नवराज मिश्रले जानकारी दिनुभयो । प्रहरीले कुटपीटमा संलग्नमध्ये लालबन्दी नगरपालिका–८, का २० वर्षीय शुक्र मगरलाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य युवाहरुको पनि पहिचान खुलिसकेकाले खोजी भैरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सेख अदालतले बताउनुभयो । उहाँका अनुसार घाइते व्यापारी गिरीको न्यूरो अस्पताल काठमाडौंमा उपचार भैरहेको छ । उहाँको टाउकोमा आधा दर्जन टाका लगाइएको आफन्तले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rautahat

0 Comments