Incident Reports

NayaPatrika: Employees of Dungeshwor rural municipality on strike after budget disputes

2017-12-29

Karnali, Dailekh, Dungeshwor

Employees of Dungeshwor rural municipality in Dailekh have started protests as a result of budget disputes. The employees submitted lock and keys to rural municipality chairperson on Friday morning. They did not enter the office or resume work throughout the day. The dispute started after local representatives demanded the budget allocated for ward to be spent in the ward level. Dispute continued throughout the day on Thursday in a meeting between employees and local representatives. बजेटको विषयमा विवाद भएपछि दैलेखको डुंगेश्वर गाउँपलिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । शुक्रबार बिहान कर्मचारीहरूले गाउँपालिका अध्यक्षलाई तालाचाबी बुझाएका छन् । दिनभर कर्मचारीहरू कार्यालयभित्र पसेनन् । कामकाज पनि गरेनन् । पहिलो चौमासिक सकेर दोस्रो चौमासिक नजिक पुग्दै गर्दा यस स्थानीय तहमा बजेट खर्च हुन सकेको छैन । वडाका लागि आएको बजेट वडास्तरमै खर्च गर्न पाउनुपर्ने माग जनप्रतिनिधिहरूले राखेपछि विवाद चुलिएको हो । गालीगलौजसम्मको अवस्था बिहीबार दिनभर बसेको बैठकमा कर्मचारी र निर्वाचित जनप्रतिनिधिबीच विवाद भएको थियो । बैठकमा वडाध्यक्षहरूले वडाका लागि आएको बजेट वडाध्यक्षकै रेखदेखमा खर्च हुनुपर्ने बताएका थिए । कर्मचारीहरूले सबै काम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट हुनुपर्ने अडान राखेका थिए । स्थानीय तह सेवा सञ्चालन ऐनको दफा १ र २ मा वडालाई अख्तियारी दिने भनिएको छ । तर, सोहीअनुसार मन्त्रालयमा पत्राचार गर्दा मन्त्रालयले वडास्तरमा लेखा व्यवस्थापन गर्ने कर्मचारी र अधिकृतस्तरको कर्मचारी नभएका कारण बजेट दिन नमिल्ने निर्णय गरेकाले आपूmहरू समस्यामा परेको कर्मचारीहरू बताउँछन् । बैठकमा वडाध्यक्षहरूले आपत्तिजनक शब्दहरू प्रयोग गरी गालीगलौज गरेकाले शुक्रबारदेखि कामकाज बन्द गरिएको कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ‘आर्थिक प्रशासन नियमावली, नीति र संसद्ले दिएको आदेश मान्ने वा नमान्ने भन्ने विषय प्रमुख हो । स्थानीय विकास मन्त्रालयले पठाएको परिपत्रविपरीत हामीले बजेट दिन मिल्दैन । यही कुरा राख्दा भनाभन भयो,’ प्रमुख कार्यकारी अधिकृत बमबहादुर विकले भने,‘जनप्रतिनिधिहरू गालीगलौजको अवस्थामा समेत उत्रनुभयो । कर्मचारीहरूको अपमान गरिएकै कारण हामीले बाध्य भएर सेवा ठप्प पारेका हौँ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments