Incident Reports

डुंगेश्वर गाउँपालिकामा बजेट विवाद, कर्मचारीले सुरु गरे आन्दोलन

2017-12-29

Karnali, Dailekh, Dungeshwor

बजेटको विषयमा विवाद भएपछि दैलेखको डुंगेश्वर गाउँपलिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । शुक्रबार बिहान कर्मचारीहरूले गाउँपालिका अध्यक्षलाई तालाचाबी बुझाएका छन् । दिनभर कर्मचारीहरू कार्यालयभित्र पसेनन् । कामकाज पनि गरेनन् । पहिलो चौमासिक सकेर दोस्रो चौमासिक नजिक पुग्दै गर्दा यस स्थानीय तहमा बजेट खर्च हुन सकेको छैन । वडाका लागि आएको बजेट वडास्तरमै खर्च गर्न पाउनुपर्ने माग जनप्रतिनिधिहरूले राखेपछि विवाद चुलिएको हो । गालीगलौजसम्मको अवस्था बिहीबार दिनभर बसेको बैठकमा कर्मचारी र निर्वाचित जनप्रतिनिधिबीच विवाद भएको थियो । बैठकमा वडाध्यक्षहरूले वडाका लागि आएको बजेट वडाध्यक्षकै रेखदेखमा खर्च हुनुपर्ने बताएका थिए । कर्मचारीहरूले सबै काम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट हुनुपर्ने अडान राखेका थिए । स्थानीय तह सेवा सञ्चालन ऐनको दफा १ र २ मा वडालाई अख्तियारी दिने भनिएको छ । तर, सोहीअनुसार मन्त्रालयमा पत्राचार गर्दा मन्त्रालयले वडास्तरमा लेखा व्यवस्थापन गर्ने कर्मचारी र अधिकृतस्तरको कर्मचारी नभएका कारण बजेट दिन नमिल्ने निर्णय गरेकाले आपूmहरू समस्यामा परेको कर्मचारीहरू बताउँछन् । बैठकमा वडाध्यक्षहरूले आपत्तिजनक शब्दहरू प्रयोग गरी गालीगलौज गरेकाले शुक्रबारदेखि कामकाज बन्द गरिएको कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ‘आर्थिक प्रशासन नियमावली, नीति र संसद्ले दिएको आदेश मान्ने वा नमान्ने भन्ने विषय प्रमुख हो । स्थानीय विकास मन्त्रालयले पठाएको परिपत्रविपरीत हामीले बजेट दिन मिल्दैन । यही कुरा राख्दा भनाभन भयो,’ प्रमुख कार्यकारी अधिकृत बमबहादुर विकले भने,‘जनप्रतिनिधिहरू गालीगलौजको अवस्थामा समेत उत्रनुभयो । कर्मचारीहरूको अपमान गरिएकै कारण हामीले बाध्य भएर सेवा ठप्प पारेका हौँ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments