Incident Reports

प्रादेशिक राजधानी माग राख्दै धनकुटा बन्द

2018-01-01

प्रादेशिक राजधानीको माग राख्दै तीन सातादेखि आन्दोलनमा उत्रिएका धनकुटावासीले आज धनकुटा बन्द आव्हान गरेका छन् । धनकुटा बजार सहित हिले, सिधुवा, पाख्रीबास, जीतपुर, राजारानी, डाडाबजार लगायतका व्यापारिक केन्द्र समेत बन्द आव्हान गरिएको छ । बजार, पसल, कलकारखाना बन्द रहेपनि शिक्षण संस्था तथा यातायात भने खुला रहने आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । राणाकालदेखि हालसम्म पूर्वको मुख्य प्रशासनिक थलो धनकुटालाई प्रादेशिक राजधानी बनाइनु पर्ने दबाबमुलक आन्दोलनका क्रममा बन्द आव्हान गरिएको श्रेष्ठले बताए । यसैगरी आज मध्यान्ह १२ देखि १ बजेसम्म राजधानी माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय घेराउ समेत गरिने आयोजकले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis