Incident Reports

धनकुटा प्रदेश राजधानी हुनुपर्ने भन्दै बालुवाटारमा धर्ना

2018-01-01

Bagmati, Kathmandu, Kathmandu

धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिइएको छ । भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ८ः३० देखि ११ बजेसम्म धर्ना दिएका हुन् । सोही अवसरमा प्रदेशसभा सांसदहरू इन्द्रमणि पराजुली, कुसुम श्रेष्ठ, लीला श्रेष्ठ, प्रदेश राजधानी बनाउ अभियानका संयोजक उमेश घिमिरे र नागरिक समाज धनकुटाका अध्यक्ष द्रोण गुरागार्इंलगायतले राजधानी बनाउँदा सबैका लागि उपयुक्त हुने भन्दै धनकुटालाई नै राजधानी बनाउनुपर्ने माग गरे । प्रदेश राजधानी बनाउ अभियानले धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै संकलन गरेको हस्ताक्षर मंगलबार प्रधानमन्त्रीलाई बुझाउने भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis