Incident Reports

राजधानीका लागि दबाब र्‍याली

2017-12-31

Province 1, Morang, Biratnagar

विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउन माग गर्दै दबाब र्‍याली आयोजना गरिएको छ । विराटनगर माहानगरपालिकाको अगुवाइमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, स्थानीय राजनीतिक दल तथा विभिन्न संघ–संस्था र स्थानीयको सहभागितामा राजधानी माग गर्दै अइतबार ¥याली निकालिएको हो। स्थानीय सहिद रंगशालाबाट सुरु भएको र्‍याली बजारको विभिन्न भागको परिक्रमा गरी महेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा विभिन्न दलका नेता तथा नागरिक अगुवाहरूले विराटनगर ऐतिहासिक, भौतिक पूर्वाधार र सांस्कृतिक विविधतायुक्त प्रदेश नम्बर १ को एकमात्र महानगर भएकाले यसलाई नै सर्वसम्मत रुपमा प्रदेशको राजधानी बनाउनुपर्ने धारणा राखे। कार्यक्रममा बिनाविभागीय मन्त्री शिवकुमार मण्डलले ऐतिहासिक, पूर्वाधार, प्रशासनिक केन्द्र आदिका आधारले पनि प्रदेश नम्बर १ को राजधानी विराटनगर नै निर्विकल्प रहेको बताए । उनले प्रदेश नम्बर १ को राजधानीका लागि विराटनगरको विकल्प खोज्न नहुने भन्दै विराटनगरको विकल्प खोज्ने प्रयास भए सरकार, सदन र सडकबाट विरोध गर्ने स्पष्ट पारे । विराटनगर बाहेक अन्य ठाउँ प्रदेशको राजधानी तोकियो भने विकास निमार्णले प्रदेश नम्बर १ पाँच वर्ष पछि पर्ने मण्डलको भनाइ छ। कार्यक्रममा मोरङबाट नवनिर्वाचित प्रदेश सांसदहरूले प्रदेशको राजधानी बन्नको लागि पर्याप्त मात्रमा विराटनगरमा पूर्वाधार रहेकाले विराटनगर बाहेक अन्य सहर प्रदेशको राजधानी हुनै नसक्ने बताए । त्यसैगरी विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले विराटनगरलाई राजधानी बनाउन एक महिनाअघिदेखि लागिपरेको बताए। ‘प्रदेश नम्बर १ को राजधानी विराटनगरलाई बनाउन आधारसहितको कागजपत्रहरु प्रधानमन्त्री र मन्त्रालयमा बुझाएको छु,’ पराजुलीले भने, ‘प्रधानमन्त्री र दलका अध्यक्षहरु विराटनरलाई प्रदेशको राजधानी बनाउन सकारत्मक देखिएका छन्।’ त्यसैगरी उद्योग संगठन मोरङका अध्क्ष मुकेश उपाध्ययले ऐतिहासिक सहर विराटनगरलाई प्रदेशको राजधानी बनाउन दलका नेताहरुले षडयन्त्र गरिरहेको आरोप लगाए। उनले नेताहरू जहा“ गयो त्यहीँ राधानी दिन्छु भन्दै आश्वासन दिँदै हिँडेकाले प्रदेश राजधानी विवादित बनिरहेको धारणा राखे । उपाध्यायले भने, ‘ऐतिहासिकता, पूर्वाधार आदिका आधारमा विराटनगरलाई राजधानी बनाउन राजनीतिक दल, निर्वाचित सांसदहरू लाग्नु पर्दछ ।’ कार्यक्रममा नेकपा एमाले, नेपाली का“ग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा लगायत नेताहरूले प्रदेश १ को राजधानी विराटनगर नै उपयुक्त रहेको धारणा राखे । एमाले—काँग्रेस आरोप— प्रत्यारोप विराटनगरलाई राजधानी बनाउन माग गर्दै आयोजित ¥याली पछिको कोष सभामा एमाले र कांग्रेसका नेताबीच आरोप—प्रत्यारोप चलेको छ । नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकालले अस्थायी राजनधानी तोक्न कांगे्रस नेतृत्वको सरकारले आलटाल गरिरहेको आरोप लगाए। उनले शेरबहादुर निकम्मा हुु“दा राजधानी अन्यौलमा परेको भन्दै कांग्रेस सभापति र सरकारबारे नकारात्मक टिप्पणी गरेका थिए । उनले कांग्रेसले सरकार छाडे नया“ सरकार बनेको एक हप्तामै विराटनगरलाई राजधानी तोक्ने दाबीसमेत गरे। एमाले मोरङका अध्यक्ष ढकाल लगत्तै सभालाई सम्बोधन गरेका का“ग्रेस युवा नेता तथा नव निर्वाचित प्रदेशसभा सदस्य केदार कार्कीले कसैप्रति आक्षेप लगाउने चाहना नहुँदा नहुँदै पनि केहि बोल्नै पर्ने अवस्था सृजना भएको भन्दै एमाले मोरङ अध्यक्ष ढकालको प्रतिवाद गरेका थिए । उनले प्रदेशको अस्थायी राजधानी र प्रमुख तोक्न खोज्दा एमालेले अबरोध गरेकोबारे जानकार विराटनगरका विद्धतवर्गसमेत सहभागी सभामा झुटो बोलेको भन्दै अध्यक्ष ढकालको अभिव्यक्तीको प्रतिबाद गरेका थिए। उनले भने‘प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सरकारले तयारी गर्दा अवरोध गर्ने अनि सभामा आएर जनतालाई ढा“ट्ने।’ कसले के गरिरहेको छ सबैले सञ्चारमाध्ययमबाट थाहा पाइरहेको भन्दै कार्कीले ठूला ठूला राजनीतिक परिवर्तन भएको विराटनगरको जनआन्दोलन चोकमा उभिएर झुटा कुरा नगर्न सचेत पनि गराए । काँग्रेस एमालेका नेतावीच आरोप—प्रत्यारोप चलेपछि कोणसभामा सहभागि सर्वसाधारण भने अलमलमा परेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis