Incident Reports

बलात्कार आरोपमा प्रहरी पक्राउ

2017-12-28

बालिका बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्। जंगलमा लगेर १५ बर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा गण मुकाम वीरेन्द्रनगरमा कार्यरत प्रहरी जवान पूर्णबहादुर चलाउने पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहिबार बेलुका घर पुर्याउने भन्दै प्रहरी जवान चलाउनेले बालिकालाइ नेपाली सेनाको कपासे ब्यारेक नजिकैको जंगलमा पुर्याएर बलात्कार प्रयास गरेका थिए। उनलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। बालिकाका आफन्तले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएका छन्। प्रहरी यसबारे थप अनुसन्धान गरिरहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Surkhet

0 Comments