Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-12-24

Madhes, Saptari, Rajbiraj, Ward 10

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपमा प्रहरीले राजविराज नपा-१० दिघवाका १८ वर्षीय रामविलास सदालाई पुस १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस ९ गते यौन दुर्व्यवहार गरेको पीडितले बताइन् । गाउँसमाजको डरले प्रहरीमा उजुरी गर्न अभिभावक नमानिरहेका बेला पुस १६ गते बालिका स्वयम् जिल्ला प्रहरी कार्यालय गई मौखिक उजुरी गरेकी थिइन् । पीडित बालिकाले मौखिक उजुरी गरेपछि पुस १७ गते जिल्ला प्रहरी कार्यालयमा पीडित बालिकाका बावु पुगेर लिखित उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका निमित्त एसपी ध्रुबकुमार श्रेष्ठले बताए । उजुरी दर्ताका साथै पुस १७ गते नै पीडितको स्वास्थ्य परीक्षण गरेर आरोपितलाई गिरफ्तार गरिएको निमित्त एसपी श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments