Incident Reports

Annapurna: Tensions flared in Kanchan rural municipality regarding relocation of rural municipality center

2017-12-31

Lumbini, Rupandehi, Kanchan

Tension flared in Kanchan rural municipality after the decision to relocate rural municipality center was made by a meeting on December 28. The residents of Rudrapur and Gajedi started the protests and have padlocked the ward office since four days. रुपन्देहीको कञ्चन गाउँपालिकामा केन्द्र स्थान्तरण गरिएपछि तनाव उत्पन्न भएको छ। पुस १३ गतेको बैठकले वार्ड नम्बर २ को बेउरीमा गाउँपालिका केन्द्र सार्ने निर्णय गरेपछि रुद्रपुर र गजेडीमा विरोध सुरु भएको हो। आन्दोलनमा उत्रिएका स्थानीयले चार दिनदेखि गाउँपालिकासहित वडा कार्यालयमा ताला लगाएका छन्। तालाबन्दीले कामकाज ठप्प भएको छ। साविक रुद्रपुर र गजेडी गाविस मिलेर कञ्चन गाउँपालिका बनेको हो। रुद्रपुरका स्थानीयले गाउँपालिकाको केन्द्र डियोमा र गजेडीका जनताले वसन्त फूलबारीमा हुनुपर्ने माग राखेका थिए। गाउँपालिका बैठकले मध्यमार्गी विकल्प खोज्दै कञ्चन गाउँपालिकाकै वडा नं. २ बेउरीमा केन्द्र सार्ने निर्णय गरेको थियो। बेउरी हाल केन्द्र रहेको स्थानभन्दा सात सय मिटर मात्र टाढा छ। केन्द्रको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। झडपमा केही घाइते भएका छन्। गाउँपालिका कार्यालयमा धर्नामा रहेका स्थानीयले ताला लगाएका हुन्। पुस १३ गते बसेको बैठकले गाउँपालिका केन्द्र सार्ने निर्णय गरेकाले अहिलेकै निर्णयलाई गाउँपालिकाले कार्यान्वयन गर्ने वार्ड नम्बर २ का वडाध्यक्ष हरिनारायण थारूले बताए। ‘सर्वसम्मत भएको निर्णयबाट हामी पछि हट्दैनौं। आन्दोलनको अर्थ छैन', उनले भने। दुवै पक्षको दाबी र विवाद मिलाउन बेउरीलाई केन्द्र तोकिएको उनको भनाइ छ। गाउँपालिकामा ताला लगाएपछि चारदेखि काम रोकिएको छ। पाँच वटा वडा रहेको गाउँपालिकामध्ये वडा नं. १ बाहेक सबै वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन्। आन्दोलनरत पक्षले निर्वाचनभन्दा अगाडि नै कञ्चन गाउँपालिकाको केन्द्र वसन्त फूलबारी राख्ने मौखिक सहमति भएको भन्दै जनतालाई नसोधी व्यक्तिगत जग्गामा गाउँपालिका केन्द्र राखेको कञ्चन गाउँपालिका संघर्ष समितिका संयोजक सोमनाथ शर्माले बताए। ‘स्थानीयलाई नसोधी रातारात निर्णय लिनुमा आर्थिक चलखेल हुन सक्छ', उनले भने। वसन्त फूलबारीमा केन्द्र राख्ने सहमति यस क्षेत्रका सबै राजनीतिक दलले निर्वाचन अगाडि गरेको भन्दै व्यक्तिगत जग्गामा केन्द्र लैजान लागिएको शर्माको भनाइ छ। गाउँपालिकाको पुस १२ गतेको बैठकमा जग्गाधनी मुकेश श्रेष्ठले १ बिघा जग्गा केन्द्रलाई दिएपछि गाउँपालिकाले केन्द्र सार्ने निर्णय गरेको हो। गाउँपालिकाको केन्द्रका लागि श्रेष्ठले जग्गा अपुग भए थप दिने गरी सम्झौता पनि गरेका छन्। ‘सो क्षेत्रमा रहेका दुई घरपरिवार विस्थापित हुन्छन्। उनीहरूलाई जग्गाधनी श्रेष्ठले व्यवस्थापन गर्ने कुरा भएको छ', वडाध्यक्ष थारूले भने। रुद्रपुर र गजेडीका स्थानीय दुवैलाई सहज हुने गरी कञ्चन नदी वारि बेउरीमा केन्द्र राख्ने र त्यसका लागि पर्याप्त पूर्वाधार निर्माण गर्न सकिने योजनासहित पत्र गाउँपालिकाले मन्त्रालयमा पठाइसकेको छ। तालाबन्दीपछि सेवाग्राही कार्यालयमा आएर फर्कन बाध्य छन्। कार्यालयमा घरको नक्सा पास गर्न आएकी फूलमाया थापाले आन्दोलनबारे थाहा नभएकाले कार्यालयमा आएको बताइन्। केही स्थानीयले भने गाउँसभामा एमालेको बहुमत पुग्दैमा स्थानीयलाई नसोधी निर्णय गरेको भन्दै विरोधमा उत्रिएका छन्। विवाद समाधानमा सर्वदलीय बैठक बसे पनि आन्दोलनरत पक्ष र गाउँपालिकाले आफ्नो एजेन्डा नछाडेपछि सहमति हुन सकेको छैन। केन्द्र सार्न थालेको निर्णय भएको खबर पाएका स्थानीयले बैठकमा सहभागी सबैलाई ताला लगाएर थुनेपछि तीन दिनअघि स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो। रुपन्देहीका १६ तहमध्ये एउटा मात्र गाउँपालिकाको केन्द्र परिवर्तन गरिएको हो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis