१ बाहेक सबै वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन्। आन्दोलनरत पक्षले निर्वाचनभन्दा अगाडि नै कञ्चन गाउँपालिकाको केन्द्र वसन्त फूलबारी राख्ने मौखिक सहमति भएको भन्दै जनतालाई नसोधी व्यक्तिगत जग्गामा गाउँपालिका केन्द्र राखेको कञ्चन गाउँपालिका संघर्ष समितिका संयोजक सोमनाथ शर्माले बताए। ‘स्थानीयलाई नसोधी रातारात निर्णय लिनुमा आर्थिक चलखेल हुन सक्छ', उनले भने। वसन्त फूलबारीमा केन्द्र राख्ने सहमति यस क्षेत्रका सबै राजनीतिक दलले निर्वाचन अगाडि गरेको भन्दै व्यक्तिगत जग्गामा केन्द्र लैजान लागिएको शर्माको भनाइ छ।
गाउँपालिकाको पुस १२ गतेको बैठकमा जग्गाधनी मुकेश श्रेष्ठले १ बिघा जग्गा केन्द्रलाई दिएपछि गाउँपालिकाले केन्द्र सार्ने निर्णय गरेको हो। गाउँपालिकाको केन्द्रका लागि श्रेष्ठले जग्गा अपुग भए थप दिने गरी सम्झौता पनि गरेका छन्। ‘सो क्षेत्रमा रहेका दुई घरपरिवार विस्थापित हुन्छन्। उनीहरूलाई जग्गाधनी श्रेष्ठले व्यवस्थापन गर्ने कुरा भएको छ', वडाध्यक्ष थारूले भने।
रुद्रपुर र गजेडीका स्थानीय दुवैलाई सहज हुने गरी कञ्चन नदी वारि बेउरीमा केन्द्र राख्ने र त्यसका लागि पर्याप्त पूर्वाधार निर्माण गर्न सकिने योजनासहित पत्र गाउँपालिकाले मन्त्रालयमा पठाइसकेको छ। तालाबन्दीपछि सेवाग्राही कार्यालयमा आएर फर्कन बाध्य छन्। कार्यालयमा घरको नक्सा पास गर्न आएकी फूलमाया थापाले आन्दोलनबारे थाहा नभएकाले कार्यालयमा आएको बताइन्।
केही स्थानीयले भने गाउँसभामा एमालेको बहुमत पुग्दैमा स्थानीयलाई नसोधी निर्णय गरेको भन्दै विरोधमा उत्रिएका छन्। विवाद समाधानमा सर्वदलीय बैठक बसे पनि आन्दोलनरत पक्ष र गाउँपालिकाले आफ्नो एजेन्डा नछाडेपछि सहमति हुन सकेको छैन। केन्द्र सार्न थालेको निर्णय भएको खबर पाएका स्थानीयले बैठकमा सहभागी सबैलाई ताला लगाएर थुनेपछि तीन दिनअघि स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो। रुपन्देहीका १६ तहमध्ये एउटा मात्र गाउँपालिकाको केन्द्र परिवर्तन गरिएको हो।