Incident Reports

Bandh enforcers vandalise vehicles in Dhankuta

2018-01-03

Normal life in Dhankuta has been affected due to the ongoing general strike. Dhankuta folks have been staging demonstrations for the past few weeks demanding that Dhankuta be declared the capital of Province-1. They have obstructed the Dharan-Dhankuta road section along the Koshi Highway since this morning. The bandh enforcers vandalised four vehicles for defying the bandh, police said. A large number of security personnel have been deployed in the incident site. Meanwhile, police have arrested a man for his alleged involvement in vandalising the vehicles. The arrestee has been identified as Suman Katuwal of Sankhuwasabha. Though the agitating side had decided to withdraw the bandh from 5 pm today, the area has turned into a battle ground after police arrested one of the protesters. The bandh enforcers said that they would withdraw the bandh only after the police release Katuwal from the custody. The local administration, however, said that the bandh enforcers should pay the compensation for the vehicles vandalised. According to Sundar Babu Shrestha, Coordinator of Protest Mobilisation Committee, they were forced to continue the protest after the government turned blind eye to their demand. प्रदेश नं. १ को राजधानी विराटनगरलाई तोक्ने सरकारी तयारीविरुद्ध धनकुटाबासीले पुस १९ गते गरिएको आमहड्तालका क्रममा चार ओटा गाडी तोडफोड गरेका छन् । बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताले दुई ओटा सरकारी, एउटा भाडा र एउटा संस्थानको गाडी तोडफोड गरेका हुन् । बन्दको समयमा गाडी कुदाएको भन्दै प्रदर्शनकारीले आत्मारामा को.१ झ. १६९ नम्बर र को.१ झ.४८३ नम्बरको सरकारी गाडी तोडफोड गरेका छन् । त्यस्तै प्रदर्शनकारीले धनकुटाको गोठगाउँमा ना.१ ज ६४११ नम्बरको टाटा सुमो र आत्मारामा ना.७ ख.४७६० नम्बरको दुध बोकेको गाडी तोडफोड गरेका छन् । दुध बोकेको डीडीसीको गाडीले यात्रु ओसारेको भन्दै बन्दकर्ताले तोडफोड गरेका हुन् । बन्दकर्ताले स्कार्पियो र एउटा सरकारी गाडीको सिसा फुटाएका हुन् । कोशीका पहाडी जिल्लालाई असर गर्ने गरी गरिएको आमहड्ताल धनकुटालाई राजधानी तोकिए मात्रै रोकिने बताइएको छ । धनकुटाको जिरोप्वाइन्ट, आत्मारा, सल्लेरी र हिले बजारमा आन्दोलनकारीले सडकमै ढुकेर यातायात बन्द गराएका हुन् । यसैबिच गाडी तोडफोड गरेको आरोपमा धनकुटा नपा-७ जिरोप्वाइन्टबाट सङ्खुवासभा घर भई धनकुटा बस्दै आएका सुमन बस्नेतलाई प्रहरीले गिरफ्तार गरेको छ । त्यस्तै आन्दोलनकारीले सयौँ मोटरसाइकल र ३ दर्जन भन्दा बढी गाडीलाई रोकेर राखेका थिए । गाडी रोकिएपछि यात्रु सडकमै अलपत्र परेका थिए । उनीहरूले माइकिङ गरेर बजार र यातायात बन्द गराएका थिए । धेरै पसल स्वतःस्फुर्त रूपमा आन्दोलनमा ऐक्यबद्धता जनाउदै बन्द भए भने केही पसल आन्दोलनकारीले बन्द गराएका थिए । त्यसैगरी राजधानी प्राप्ति आन्दोलन सङ्घर्ष समितिले ५ बजे पछि राति १२ बजेसम्म यातायात खोल्ने निर्णय गरेको छ । जिरोप्वाइन्टमा कोणसभा गरेर बन्द खुलेको जानकारी गराउँदै माग पुरा नभएसम्म निरन्तर बन्द जारी रहने सङ्घर्ष समितिका संयोजक प्रदेश सांसद निरन राईले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 4
INSEC

0 Comments

Related Trend Analysis