Incident Reports

बोक्सीको आरोपमा छिमेकीलाई कुट्ने आमाछोरी पक्राउ

2018-01-04

Madhes, Siraha, Lahan

सिरहामा बोक्सीको आरोपमा छिमेकीलाई कुटपिट गर्ने आमाछोरीलाई प्रहरीले पक्राउ गरेको छ । लहान–२१ खोरिया टोल बेतहाकी ३८ वर्षकी रीतादेवी दासलाई बोक्सी आरोपमा कुटपिट गर्ने छिमेकी ३७ वर्षकी ईनरदेवी दास र उहाँकी छोरी १७ वर्षकी निलम दासलाई प्रहरीले पक्रेको हो । आफ्ना श्रीमान सिल्टु दासलाई टुनामुना लगाएर बिरामी बनाएको भन्दै ईनरवादेवीले रीतादेवीलाई कुटपिट गरेकी हुन् । पुस १५ गते लहान बजारबाट घर फर्किरहेका बेला बेलुका रीतालाई गालीगलौज गर्दै मरणासन्न हुनेगरी कुटेको स्थानीय बासिन्दाले बताएका छन् । ईनरवत्तिका श्रीमान सिल्टु दास मधुमेह रोगबाट पीडित रहेका छन् । इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी गणेशचन्द ठकुरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । डिएसपी ठकुरीले स्थानीय केही व्यक्तिहरु यही मिउन दबाब दिइरहेको भए पनि कानुन अनुसार कारवाही गर्ने बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
Total Abducted 00
Total damaged Buildings 00
Severely damaged Buildings 00
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Mahottari

0 Comments