Incident Reports

शिक्षकद्वारा विद्यालयमा तालाबन्दी

2018-01-05

सुर्नया गाउँपालिका ४ वसन्तपुर डबरालीस्थित पञ्चदेव आधारभूत विद्यालयमा शिक्षकले तालाबन्दी गरेका छन् । दश महिनासम्म तलब नपाएको भन्दै नीजि स्रोतमा कार्यरत शिक्षक भानबहादुर महराले तालाबन्दी गरेका हुन् । नीजिस्रोतका शिक्षकको तलब समयमा दिइनुपर्ने, तलब वृद्धि हुनुपर्ने र विद्यालयको निर्माणाधीन भवन समयमै सम्पन्न हुनुपर्ने माग सहित शिक्षक महराले विद्यालयमा तालाबन्दी गरेको स्थानीय बासीप्रकाश भाटले बताए । विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर समस्या समाधान गर्ने भनिए पनि शिक्षक महराले तालाबन्दी गरेको प्रधानाध्यापक कृष्णसिंह महराले जनाए । उनले भने, ‘विद्यालयको आयस्रोत कम छ । नीजिस्रोतका शिक्षकलाइ तलब दिन सकिएको छैन । व्यवस्थापन समितिको बैठक बोलाएर समस्या समाधान गरिनेछ ।’ जिल्लाका पाँच सय ३९ सामुदायिक विद्यालय मध्ये दुई सय २४ मा दरबन्दी छैन । दरबन्दी नभएका विद्यालय नीजि शिक्षकको भरमा सञ्चालन भईरहेका छन् । Update ------ बैतडीको बसन्तपुर डबरालीमा रहेको पंचादेव अधारभूत बिध्यालयका शिक्षकले बिध्यालयमा गरेको तालाबन्दी अझै खुल्न सकिएको छैन । १० महिनादेखि तलब नपाएको भन्दै शिक्षकले बिध्यालयमा तालाबन्दी गरेका हुन् । गएको १० महिना यता आफुँले पारिश्रमिक नपाएकाले बाध्य भएर तालाबन्दी गरेको शिक्षक महराले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Education sector/teachers (private and public) , Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kailali , Local Newspaper - Kanchanpur

0 Comments