Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2018-01-05

Lumbini, Rupandehi, Butwal, Ward 18

बहुविवाह गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका-१८ का ३० वर्षीय फेरु थारुलाई पुस २१ गते राति मोतिपुरबाट गिरफ्तार गरेको छ । आरोपित थारुकी ३० वर्षीया पत्नी कमला परियार थारुले कात्तिक १० गते राति आफूलाई कुटपिट गरी हात भाँचिदिएर फरार रहेको र पुस १८ गते गाउँकै २५ वर्षीया श्रृजना चौधरीलाई विवाह गरेर हिँडेको भनी पुस २२ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा प्रहरीले पुस २१ गते राति आरोपितद्वयलाई मोतिपुरको चौराहाबाट गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालयका डिएसपी पवनकुमार भट्टराईले बताए ।

0 Comments