Incident Reports

Woman attempted to murder by feeding poison

2018-01-14

Madhes, Siraha, Bishnupur, Ward 6

A 32 years old woman has been admitted to hospital after her husband, Father-in-law and Mother-in-law attempted to murder by feeding her a poison. Vitim woman Babita Devi,32, said that her husband used to beat and torture her by saying he will marry another woman. Police have arrested her Father-in-law RamSundar and Mother-in-law Bhulidevi on a charge of attempt to murder. Her husband is at large at the moment said police. They are further investigating the case. विष्णुपुर गापा-६ की ३२ वर्षीया बबीतादेवी साहलाई कुटपिट गरी उनका ३५ वर्षीय पति सीताराम साह, ५८ वर्षीय ससुरा रामसुन्दर साह र ५४ वर्षीया सासू भुलीदेवी साहले विष सेवन गराई हत्या प्रयास गरेपछि बेहोसी अवस्थामा रहेकी पीडितलाई उपचारार्थ राजविराजस्थित अञ्चल अस्पताल भर्ना गरिएको पीडित पक्षको आरोप छ । दोस्रो विवाह गर्ने धम्की दिँदै आएका पतिले कुटपिट गरेपछि सासू, ससुरासमेत मिली विष सेवन गराएको पीडितले बताइन् । उजुरीका लागि जिल्ला प्रहरी कार्यालय आएकी पीडित अचेत हुन थालेपछि प्रहरीले नजिकैको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गराएको छ । अस्पतालमा पीडितको उपचारपछि अवस्थामा सुधार आएको भन्दै आकस्मिक विभागका इञ्चार्ज अहेब धनेश्वर साहले केही दिन निरीक्षणका लागि अस्पतालमा राख्नु पर्ने बताए । आरोपितहरूले नाम नखुलेको विष सेवन गराएको भन्दै पीडितले लिखित बयान दिएपछि आरोपितमध्ये सासू भुलीदेवी र ससुरा रामसुन्दरलाई पुस ३० गते साँझ गिरफ्तार गरी अनुसन्धान थालिएको इन्स्पेक्टर सुजता तुमवाहाम्फेले बताइन् । सामाजिक परम्पराअनुसार ०६८ साल फागुन ११ गते विवाहिता पीडितका सन्तान छैनन् । विवाहको एक वर्षमा वैदेशिक रोजगारका लागि मलेशिया गएका आरोपित पति पाँच वर्षपछि घर फर्किएका थिए । पति विदेश गएपछि घरमा सासू, ससुराले खान लाउन नदिएको भन्दै पीडित माइत विस्थापित भएकी थिइन् । पीडितले असोज २१ गते जिल्ला प्रहरी कार्यालयमा आोपितहरूविरुद्ध उजुरी दिएपछि प्रहरीले दुवै पक्षलाई बोलाएर असोज २९ गते सहमति गराई घर पठाएको थियो । पीडित महिलाका बावु हरीनारायण साहले आरोपितलाई दाइजोस्वरूप बेल्ही चपेना गापा-४ स्थित दुई कठ्ठा जग्गा असोज २७ गते रजिष्ट्रेशन गरेपछि छोरीलाई आरोपितहरूले घर लगेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments