Incident Reports

Locals called for indefinite strike in Dhankuta

2018-01-17

Locals have called for indefinite general strike in Dhankuta from Wednesday protesting against the government's decision to designate Biratnagar as the capital of province 1 instead of Dhankuta. Market, educational institutions have been affected by the strike. Protestors gathered at Zeropoint of Dhankuta Local administration has announced prohibitory order in Dhankuta city and its surrounding 3 Km areas of the Dhankuta Municipality. धनकुटा–७ जिरोप्वाइन्टमा भेला भएका धनकुटावासीले प्रधानमन्त्री शेरवहादुर देउवासहित क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको समेत पुत्ला दहन गरेका हुन् । सरकारले प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगर तोक्ने निर्णय गरेसँगै धनकुटामा तीब्र विरोध भएको छ । विरोधमा उत्रिएका धनकुटावासीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । धनकुटा–७ जिरोप्वाइन्टमा भेला भएका धनकुटावासीले प्रधानमन्त्री शेरवहादुर देउवासहित क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको समेत पुत्ला दहन गरेका हुन् । सरकारले निर्णय फिर्ता नलिएसम्म अनिश्चितकालीन् आमहडताल जारी रहने प्रादेशिक राज्यको राजधानी धनकुटा बनाऔं संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए । सरकारको निर्णय आपत्तिजनक रहेको उनले बताए । ‘आजको दिन धनकुटाको लागि कालो दिन हो’, उनले भने । चाँडै संघर्ष समितिको वैठक वसेर थप दवावमूलक आन्दोलनको कार्यक्रम तय गरिने उनले बताए । बुधबार विहानदेखि बन्दका कारण रोकिएका गाडीलाई गन्तब्यसम्म पठाउन ३ घण्टा बन्द खोलिएको उनले बताए । ‘यी सवारी साधन पठाइसकेपछि अनिश्चितकालिन आमहड्ताल सुरु हुन्छ’, श्रेष्ठले भने । बन्दका कारण धनकुटाको मुलघाट, हिले र सिधुवामा सयौं सवारी साधान रोकिएका थिए । त्यस्तै प्रदेशसभा सदस्य निरन राईले धनकुटालाई प्रादेशिक राजधानी घोषणा नगरेर सरकारले धनकुटाबासीलाई उपेक्षा गरेको आरोप लगाए । ‘प्रशासनिक क्षेत्रले समेत असहयोग गरेको धनकुटालाई वर्तमान सरकारले समेत असहयोग गर्यो’, उनले भने, ‘यो निर्णयले धनकुटेली जनता अन्यन्तै दुखित छन् । थप आन्दोलनको कार्यक्रम घोषणा गर्नेछौं ।’ प्रदेश नं. १ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग राख्दै बुधबार दिउँसो पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय घेराउ गर्न पुगेका आन्दोलनकारीले कार्यालयमा तालाबन्दी गरेका थिए । आन्दोलनकारी र सुरक्षाकर्मीबीच घम्साघम्सी हुँदा धनकुटा नगरपालिका वडा नंं ६ का जेशिस श्रेष्ठ घाइते भए । सुरक्षाकर्मीले आन्दोलनकारीलाई गेटमा रोक्न खोजेपछि सामान्य घम्साघम्सी भएको थियो । टाउकोमा चोट लागेका श्रेष्ठको जिल्ला अस्पताल धनकुटामा उपचार भएको छ । मुलगेटमा सुरक्षाकर्मीको घेरा तोडेर कार्यालयको परिसर पुगेका आन्दोलनकारीले क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह विरुद्ध नाराबाजी गरेका थिए । पर्याप्त सरकारी भौतिक पूर्वाधार र सरकारी जग्गा रहेको धनकुटालाई अस्थायी प्रादेशिक राजधानी वनाउनु पर्ने माग राख्दै विगत ३३ दिनदेखि धनकुटाबासी आन्दोलित छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Other Sources

0 Comments

Related Trend Analysis