Incident Reports

Vehicle vandalized for defying Banda

2018-01-21

Agitated protesters vandalized a dozen of vehicles in Doti district for defying strike called by the locals against the province capital. They demanded Dipayal as a province capital for province 7. आन्दोलनको अवज्ञा गरेको भन्दै डोटीका आन्दोलनकारीहरुले दर्जनौ सवारी साधनहरु तोडफोड गरेका छन् । आन्दोलनकारीले भीमदत्त राजमार्ग अन्तर्गत डोटीको बुडरमा यात्रु वाहक बस, हाईस, मालबाहक ट्रकहरू तोडफोड गरेका छन् । शनीबार साँझदेखि यता मात्रै करिब एक दर्जन सवारी साधनले बन्द अवज्ञा गर्न प्रयत्न गरेपछि तोडफोड गर्न बाध्य भएको आन्दोलनमा सक्रिय विद्यार्थी नेता गणेश खड्काले बताए । उनका अनुसार उग्रतारा यातायातको ना ४ ख ११२७, मालिका यातायातको ना ७ ख ८५३ नम्बरका बसहरूतोडफोड गरेर इलाका प्रहरी कार्यालय बुडरको जिम्मा लगाइएको छ । यस्तै बा २ ख १३१५को हाइस, से १ ज ९८१ र बा ११ च ९०६४ नम्बरको स्कोरपिओ र ना २ ख ९९२९ नम्बरको ट्रक तोडफोड गरेर प्रहरीको जिम्मा लगाइएको आन्दोलनकारीहरुले बताएका छन्। यस्तै एउटा सरकारी नम्बर प्लेटको मोटरसाइकल आन्दोलनकारीहरुरूले नियन्त्रणमा लिएका छन्। बाँकी आधा दर्जन गाडीहरू तोडफोड गरेर फिर्ता पठाइएको विद्यार्थी नेता खड्काले बताए । उनले भने,‘बन्द छ भन्दाभन्दै पेलेर हिड्न खोजेपछि तोडफोड गर्न बाध्य भएका हौँ । प्रहरीको समेत नसुनेर आएका रहेछन् ।’ पछिल्लो तीनदिन यता आन्दोलनलाई सशक्त बनाउन आन्दोलनकारीहरूले डोटीको बुडर र गैरामा सडक ठप्प पारिरहेका छन् । सो सडक सुदूरपश्चिमका सातवटा पहाडी जिल्लालाई तराईका कैलाली र कञ्चनपुरसंग जोड्ने एउटा मात्र नाका हो । सोही नाका अबरुद्ध पारेर आन्दोलन सशक्त बनाउने संघर्ष समितिले जनाएको छ । सोही अनुरुप दिपायलबाट केआईसिँह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा आन्दोलनकारीहरूको टोली बुडर पुगेको छ। उता जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझाको नेतृत्वको टोलीले सघाइरहेको छ। आन्दोलनलाई तुहाउन कैलाली, कञ्चनपुरका यातायात व्यवसायी तथा प्रहरी प्रशासनले बन्दबारे जान्दाजान्दै गाडीहरू पठाइरहेको आन्दालनकारीहरूको आरोप छ । ‘हामी यता आन्दोलित भएको उहाँहरुलाई मजाक लागिरहेको छ । त्यसैले धमाधम यात्रु बोकेर गाडी पठाउँदैछन्,’ बन्दको नेतृत्व गरिरहेका केआईसिँह गाउँपालिकाका अध्यक्ष शाहीले भने,‘हिजो(शनीबार) दिउँसोसम्म खाली रोकेर बस्यौ । धेरै गर्नथालेपछि तोडफोडमा उत्रेका छौ । अझै बढी गरे आगजनी गर्न पछि पर्ने छैनौँ।’ ७ नम्बर प्रदेशको राजधानी दिपायल माग्दै डोटीमा २६ दिनदेखि आन्दोलन भैरहेको छ । सरकारले अस्थायी मुकाम धनगढी तोकेपछि यहाँको आन्दोलन निकै उग्र बन्दै गएको छ । जिल्ला सदरमुकाम सिलगढी र दिपायलमा प्रहरी र प्रदर्शनकारीहरूका बीचमा दिनहुँ झडप भैरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Unclear , Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis