Incident Reports

विप्लव माओवादीले हुम्ला र मुगुको खाद्यन्न रोके

2018-01-11

हुम्ला र मुगुका लागि पठाइएको खाद्यान्नमा दाेहाेराे कर उठाइएकाे भन्दै विप्लव माओवादीले खाद्यान्न सामाग्री बीच बाटोमै कब्जा गरेका छन्। हुम्ला र मुगु दुबै जिल्लाका स्थानीय निकायले कर उठाएको भन्दै उनीहरूले १० दिनदेखि नून, तेल, चामल लगायतका खाद्यान्न बोकेका ३०० खच्चर रोकेर राखेका हुन्। हुम्ला र मुगुको सीमा क्षेत्र बाममा खाद्यन्न रोकेर राखेपछि हुम्ला र मुगुमा खाद्यान्नको अभाव भएको सर्केगाड गाउँपालिका हुम्लाका अध्यक्ष कृष्ण रोकायाले बताए। हुम्ला र मुगुका जिल्ला प्रमुखसँग यस विषयमा बुझ्न खोज्दा जिल्ला प्रशासन कार्यलयमा केही खबर नआएको र आफूहरूले त्यस विषयमा बुझ्न लगाउने बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments