Incident Reports

School padlocked over not organizing Sarshwati Puja

2018-01-24

Madhes, Parsa, Birgunj

Locals youth of Pokhariya municipality-9, Bauriya of Parsa has padlocked Nepal Rashtriya primary school accusing the school had not organized any function in Saraswati Puja. The youths have padlocked the office of Principal Rampujan Kurmi accusing the teachers are not regular in school, the class is irregular and the school had not organized any function on the day of Saraswati Puja. स्थानीय युवाहरुले बिहीबार पर्साको पोखरीया नगरपालिका ९ चौकिया बैरियाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा प्रधानाध्यापकको कोठामा तालाबन्दी गरेका छन् । पठन पाठन नियमित नभएको, शिक्षक नियमित नआउने र सरस्वती पूजामासमेत कुनै कार्यक्रम नगरेको भन्दै स्थानीय युवाहरुले प्रधानाध्यापक रामपूजन कुर्मीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । स्थानीय युवा धर्मेन्द्र पटेलले विद्यालयमा शिक्षक नियमित नआउने र सरस्वती पूजासमेत नगरेकोले तालाबन्दी गरेको बताए । ‘विद्यालयमा प्रअ एवं शिक्षकहरुको लापरबाही बढ्दै गएको छ । नियमित विद्यालय नै आउँदैनन्’ उनले भने ‘विद्याकी देवी सरस्वतीको पूजामा समेत कुनै कार्यक्रम भएन ।’ प्रधानाध्यापक रामपूजन प्रसाद कुर्मीले भने विद्यार्थीहरुले चासो नदिएको र आफू पनि व्यस्त भएकोले सरस्वती पूजामा कार्यक्रम नभएको बताए । ‘म प्रधानाध्यापकहरुको भेलामा सहभागी हुन चितवन गएको थिएँ, विद्यार्थीहरुले पनि चासो दिएनन्’ उनले भने ‘त्यसैले सरस्वती पूजामा कार्यक्रम हुन सकेन ।’ उनले आफूहरु विद्यार्थीहरुलाई पढाउन आएको भए पनि पढाउने वातावरण नबनेको र छलफल भइरहेको बताए । १ सय ५० जना विद्यार्थी अध्ययनरत विद्यालयमा प्रअ, समेत गरी ५ जना शिक्षक कार्यरत छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments