Incident Reports

औषधि र डक्टरको अभाव भएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयमा धर्ना

2018-02-02

Karnali, Humla, Simkot, Ward 7

सिमकोट गाउँपालिका-७ स्थित डाँडाफया इलाका स्वास्थ्य चौकीमा दुई हप्तादेखि औषधि र डक्टरको अभाव भएको भन्दै माघ १९ गते जिल्ला जनस्वास्थ्य कार्यालयमा स्थानीय धर्नामा बसेका छन । सो इलाका स्वास्थ्य चौकीमा विगत आठ वर्षदेखि आम नेपाल संस्थाद्वारा सञ्चालित अनमी पुष्पा शाही कार्यारत भएको भए पनि सो संस्था फेज आउट भएको दुई हप्ता भइसक्दासम्म पनि जिल्ला जनस्वास्थ्य कार्यालयले ध्यान नदिएको स्थानीयबासी छक्की सिंहले बताइन् । उनले भनिन्-‘माघ ९ गते देखिनै इलाका स्वास्थ्यचौकीमा सामान्य सिटामोल र उपचार गर्ने डक्टर नभएकाले दैनिक स्थानीयबासी रित्तो हात लिएर घर र्फकन बाध्य भएका छन् ।’ डक्टरको अभावमा सो इलाका स्वास्थ्य चौकी तालाबन्द गरिएको स्थानीयबासी विनोद बिकले बताए । स्थानट्यले विगत आठ वर्षदेखि नियमित सेवा दिँदै आएकी एक मात्र अनमी पुष्पा शाहीलाई सोही स्वास्थ्यचौकीमा नै राख्नुपर्छ भन्दै जिल्ला स्वास्थ्य कार्यालयको ध्यान आर्कषण गराएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डक्टर रञ्जितकुमार यादवका अनुसार सो इलाका स्वास्थ्य चौकीमा एक जनाको दरबन्दी खाली रहेको छ । सो सिटमा अनमी पुष्पा शाही र तत्कालै औषधि पठाउने उनले प्रतिबद्धता जनाएका छन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
INSEC

0 Comments