Incident Reports

छात्रा हत्या गरेको आरोपमा प्रधानाध्यापक गिरफ्तार

2018-02-14

Karnali, Humla, Namkha, Ward 5

नाम्खा गाउँपालिका-५ महावौद्ध विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ वर्षीया सिचुडोमा लामाको हत्या गरेको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक सर्केगाड गाउँपालिका-६ का ४० वर्षीय धनलाल रोकायालाई फागुन २ गते प्रहरीले गिरफ्तार गरेको छ । नाम्खा गाउँपालिका-५ स्थित कैलाश मानसरोवर चिल्ड्रेन अफ हुम्ला नामक होस्टेलमा बसेर महावौद्ध माविमा एसइई परीक्षाको कक्षा लिँदै आइरहेकी बालिकालाई प्रधानाध्यापक रोकायले जबरजस्ती गर्भ बोकाएको आरोप परिवारले लगाएको छ । होस्टलमा प्रअ रोकायासँगै मृतक सिचुडोमा र अन्य दुई जना बालिका सँगै बस्दै आएका थिए । मृतक बालिकालाई प्रधानध्यापक रोकायाले जबरजस्ती गर्न खोज्दा पुस २३ गते राति एक बजे होस्टेलबाट भागेर कर्णालीको भीर जङ्गलको बाटो काटेर घर आएको उनका परिवारको भनाइ छ । ‘छोरीलाई घरमै बसेर पढ्न भने पनि प्रअ रोकायाले विद्यालय नफर्किएमा घरमै लिन आउने, आफैँ हत्या गर्ने र एसइईमा प्राटिकल नम्बर कम दिएर फेल गराउने धम्कीसमेत दिएको मृतक लामाले आमालाई बताएकी थिइन् ।’-बावु लोण्डो मिगुर लामाले भने । माघ ७ गते सिचुडोमा लामाको उपचारका क्रममा पोखराको मणिपाल अस्पतालमा मृत्यु भएको थियो । सिचुडोमा अचेत भएपछि प्रधानाध्यापक रोकायाले कसैलाई जानकारी नगरी हेलिकप्टरमार्फ पोखरामा पुर्‍याएको मृतक बालिकाका बुवाले बताए । मृतक सिचुडोमा लामालाई प्रअ रोकायाले पटकपटक यौन दुर्व्यवहार गर्दै आइरहेको र मोबाइलमा विभिन्न किसिमका फोटाहरू समेत खिच्ने गरेको अन्य विद्यार्थीले आरोप लगाए । जिल्ला प्रहरी कार्यालयमा भने आफन्तले माघ १६ गते दिएको उजुरीले माघ २६ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलप्रसाद नेपलले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public) , Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments