The Makwanpur District Court has slapped 16 years jail term to a 38-year-old man after convicting him of raping his intellectually disabled daughter.
The single bench of Judge Dhruba Kumar Piya on Sunday convicted the man of raping his 19-year-old daughter in Hetauda Sub-metro-polis-11, Makwanpur, and sentenced him to 16 years in prison. The court also ordered the convict to provide Rs 35,000 compensation. (PR)
छोरीलाई बलात्कार गरेको ठहर गर्दै ३८ वर्षीय बाबुलाई जिल्ला अदालत मकवानपुरले १६ वर्ष कैद फैसला गरेको छ ।
पीडितलाई ३५ हजार रुपैयाँ पीडकबाट क्षतिपूर्ति भराउने आदेश पनि भएको छ । जिल्ला न्यायाधीश धु्रवकुमार पियाको आइतबारको इजलाशले हेटौंडा उपमहानगरपालिका—११ का ३८ वर्षीय शम्भु बिक(नाम परिवर्तन)ले १९ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।
अदालतले बलात्कार गरेकोमा ६ वर्ष कैद र हाडनाताकरणी गरेकोमा १० वर्षसमेत गरी १६ वर्ष कैद गर्ने फैसला गरेको हो । सुस्तमनस्थितीकी छोरीलाई बिकले पटकपटक बलात्कार गर्दै आएका थिए । आमाले थाहा पाएपछि ०७३ चैत २० गते जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् । प्रहरीले चैत २१ गते बिकलाई पक्राउ गरेको थियो । जिल्ला अदालत मकवानपुरले ०७४ वैशाख २२ गते बिकलाई पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदी पठाएको थियो ।
यसैगरी जिल्ला अदालत मकवानपुरले एक महिलासहित २ जनालाई लागुऔषध कारोबार गरेको ठहर गर्दै जनही २ वर्ष ६ महिना कैद गर्ने फैसला सुनाएको छ । जनही २५ हजार रुपैयाँ जरिवाना गर्ने आदेश पनि गरेको छ ।
जिल्ला न्यायाधीश पियाको आइतबारकै इजलाशले मनहरी गाउँपालिका–६ की ३७ वर्षीया पुजा लामा र बकैया गाउँपालिका—५ का प्रशान्त दर्लामीलाई गाँजा ओसारपसार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।
गत कार्तिक २१ गते लामा र दर्लामीले झोलामा साढे ११ केजी गाँजा लुकाएर वीरगन्जतर्फ लगिरहेको अवस्थामा हेटौंडा रातोमाटे चेकपोष्टका प्रहरीले पक्राउ गरेको थियो । कैद तोकिएकामध्ये पुजा भरतपुर जेलमा छिन् भने प्रशान्त भीमफेदी कारागारमा छन् ।