Incident Reports

बलात्कारी बाबुलाई १६ वर्ष कैद

2017-04-02

Bagmati, Makawanpur, Hetauda, Ward 11

(PR) छोरीलाई बलात्कार गरेको ठहर गर्दै ३८ वर्षीय बाबुलाई जिल्ला अदालत मकवानपुरले १६ वर्ष कैद फैसला गरेको छ । पीडितलाई ३५ हजार रुपैयाँ पीडकबाट क्षतिपूर्ति भराउने आदेश पनि भएको छ । जिल्ला न्यायाधीश धु्रवकुमार पियाको आइतबारको इजलाशले हेटौंडा उपमहानगरपालिका—११ का ३८ वर्षीय शम्भु बिक(नाम परिवर्तन)ले १९ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अदालतले बलात्कार गरेकोमा ६ वर्ष कैद र हाडनाताकरणी गरेकोमा १० वर्षसमेत गरी १६ वर्ष कैद गर्ने फैसला गरेको हो । सुस्तमनस्थितीकी छोरीलाई बिकले पटकपटक बलात्कार गर्दै आएका थिए । आमाले थाहा पाएपछि ०७३ चैत २० गते जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् । प्रहरीले चैत २१ गते बिकलाई पक्राउ गरेको थियो । जिल्ला अदालत मकवानपुरले ०७४ वैशाख २२ गते बिकलाई पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदी पठाएको थियो । यसैगरी जिल्ला अदालत मकवानपुरले एक महिलासहित २ जनालाई लागुऔषध कारोबार गरेको ठहर गर्दै जनही २ वर्ष ६ महिना कैद गर्ने फैसला सुनाएको छ । जनही २५ हजार रुपैयाँ जरिवाना गर्ने आदेश पनि गरेको छ । जिल्ला न्यायाधीश पियाको आइतबारकै इजलाशले मनहरी गाउँपालिका–६ की ३७ वर्षीया पुजा लामा र बकैया गाउँपालिका—५ का प्रशान्त दर्लामीलाई गाँजा ओसारपसार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । गत कार्तिक २१ गते लामा र दर्लामीले झोलामा साढे ११ केजी गाँजा लुकाएर वीरगन्जतर्फ लगिरहेको अवस्थामा हेटौंडा रातोमाटे चेकपोष्टका प्रहरीले पक्राउ गरेको थियो । कैद तोकिएकामध्ये पुजा भरतपुर जेलमा छिन् भने प्रशान्त भीमफेदी कारागारमा छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments