Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-02-23

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय, १२ वर्षीय, ११ वर्षीय र १० वर्षीय बालकलाई आरोपितको घरबाटै फागुन १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ११ गते साँझ बलात्कार गरेको भनी पीडित बालिकाका अभिभावकले फागुन १२ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएका थिए । पीडित बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा आरोपितहरूविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्सपेक्टर दिपेश बस्यालले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १२ गते नै लुम्बिनी अञ्चल अस्पताल गरिएको पनि इन्सपेक्टर बस्यालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments