Incident Reports

Wife tortured

2018-02-26

Lumbini, Bardiya, Gulariya

Debate among wife and husband took an ugly turn when Ayub Khan tortured his pregnant wife by hitting her with wood and even trying to burn her. Ayub lost his cool when he found out that his wife gave a loan of 1,00,000 to a local resident. Khan was working in Malaysia since last 3 years. The incident happened on February 26. She was immediately rushed to the hospital after the incident. Police have taken the investigation process further. Victim's brother Noor Aalam has demanded an action to be taken against the culprit. वैदेशिक रोजगारीबाट आर्जन गरेको रकमका विषयमा विवाद हुँदा पतिले गर्भवती पत्नीलाई आगोले पोल्नुका साथै दाउराले हिर्काएर यातना दिएका छन् । पत्नी इसरतले १ लाख रुपैयाँ तमसुक गरी स्थानीयलाई सापटी दिएकोमा पति अयुव खाँले विवाद झिकेका थिए । गुलरिया–१२ उँचा लालपुरका खाँले इसरतलाई बलेको दाउरा र पन्यु तताएर शरीरभरि पोलेर यातना दिएका हुन् । तीन वर्षदेखि मलेसियामा काम गर्दै आएका खाँ घर फर्केको दुई महिनादेखि यातना दिँदै आएका थिए । ‘चाँडै रकम फिर्ता गर्छु भन्दा पनि यातना दिन छाडेनन्,’ इसरतले भनिन् । बल्दै गरेको दाउराले संवेदनशील अंग, मुख र शरीर भर पोल्दै ज्यान मार्ने प्रयास गरेको आरोप उनले लगाइन् । सोमबार दिउँसो आगोले पोल्दा उनी कराएपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । पतिले पठाएको रकमबाट उनले १ कट्ठा जग्गा ६ लाखमा खरिद गरेकी थिइन् । जग्गा आफ्नो नाममा किन राखेको भन्दै यातना दिएको इसरतले प्रहरीसमक्ष बयान दिएको मुद्दा फाँटका प्रहरी निरीक्षक हेम शाहीले बताए । प्रहरीले पोलेर यातना दिने श्रीमान् खाँलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । उनको शरीरका धेरै अंग पोलिएको प्रनि शाहीले जनाए । ज्यान मार्ने उद्योग गरेको कसुरमा श्रीमान्माथि हदैसम्मको सजायको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनले जाहेरी दिएकी छन् । इसरतको उपचार गुलरियास्थित जिल्ला अस्पतालमा भइरहेको छ । पीडित इरसतका दाजु नुर आलमले दोषीमाथि कारबाहीको माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Fire , Fire
Primary Cause Domestic violence
Secondary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments