Incident Reports

पर्सामा ८ वर्षीया बालिका बलात्कृत, ६ जना नियन्त्रणमा

2018-02-28

Madhes, Parsa, Paterwasugauli, Ward 5

पर्साको निचुटामा १० बर्षीया बालिका बलात्कृत भएकी छन् । पटेर्वासुगौली गाउँपालिका वडा नं ५ निचुटा बस्ने बालिकालाई बलात्कार गरिएको हो । बालिकाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमामा उपचार भइरहेको छ । बुधबार साँझ ६ बजेतिर घर नजिकै रहेको उखुबारीमा बालिकाको बलात्कार भएको हो । गाउँ नजिकै माछा पोखरीमा माछा मार्न आएका मलाहामध्ये कसैले बलात्कार गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । पटेर्वा सुगौली गाउँ कार्यपालिकाका सदस्य विपिन मुखियाले बालिकाको बलात्कार भएको जानकारी गराए । ‘साँझको घटना हो, घटना घटाउने व्यक्तिको खोजी भइरहेको छ’ उनले भने ‘साँझ नै बालिकालाई उपचारका लागि अस्पतालमा भर्ना गर्‍यौं, शल्यक्रिया पछि अब बालिकाको अवस्था सामान्य छ ।’ इलाका प्रहरी कार्यालय पोखरीया र पटेर्वा सुगौलीले घटनाबारे अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले घटनाबारे अनुसन्धान भइरहेको जानकारी गराए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Jhapa

0 Comments