Incident Reports

Agitators burn Thori rural municipality chairperson's effigy

2018-02-11

Madhes, Parsa, Parsa

Protesting against the decision of Thori rural village assembly to shift the center of the rural municipality, Subarnapur struggle committee burnt the effigy of chairperson of rural municipality P.L Shrestha on Sunday. The agitators are agitating against the decision of moving the service center. The struggle committee burnt the effigy stating that the chairperson did not consider their demands. The effigy was carried from Subarnapur till Arya ghat where the effigy was burnt down. सेवा केन्द्र सार्ने ठोरी गाउँसभाको निर्णयको विरोधमा आन्दोलनरत सुवर्णपुर सङ्घर्ष समितिले गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठको आइतवार पुतलादहन गरेको छ । सुवर्णपुरवासीको मागलाई अध्यक्ष श्रेष्ठले उपेक्षा गरेको भन्दै सङ्घर्ष समितिले उनको पुतला दहन गरेको सङ्घर्ष समितिका अध्यक्ष जरीलाल थिङ लामाले जानकारी दिए । सङ्घर्ष समितिको अगुवाइमा सुवर्णपुरचोकबाट पुतला बोकेर जुलुससहित ओरियाखोला आर्यघाटमा पुतला दहन गरेको लामाले बताए । टोलटोलबाट उपस्थित नागरिकले श्रेष्ठको पुतला दहन गरेको उनले बताए । पुतला दहनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सङ्घर्ष समितिका संयोजक लामाले सुवर्णपुरवासीको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उद्घोष गरेका थिए । आन्दोलनमा सर्वसाधारणको स्वस्पूmर्त सहभागिताले आन्दोलनलाई उचाइमा पु¥याउने भन्दै अलोकतान्त्रिक र असंवैधानिक गाउँसभाको निर्णय खारेज गराएर छाडने चेतावनी लामाले दिएका थिए । कोणसभालाई युवा परिचालन समितिका संयोजक विश्वराज घिमिरे, सङ्घर्ष समितिका उपसंयोजक विमल प्रधान, सुन लामालगायतले सम्बोधन गर्दै आन्दोलनलाई उचाइमा नपु¥याएसम्म विश्राम नलिने बताए । माघ १५ गते गाउँसभाले सुवर्णपुरमा रहेको सेवा केन्द्र ठोरी गाउँपालिका–४ घ्याङडाँडामा सार्ने निर्णय गरेपछि सुवर्णपुरवासी आन्दोलित बनेका हुन् । सङ्घर्ष समितिले सेवा केन्द्रको मूल गेटमा तालाबन्दी गरी वीरगंज–ठोरी सडक खण्डमा सवारी साधन गुडन दिएका छैनन् । वडा ३ को शैक्षिक संस्था सुचारु आन्दोलनका कारण बन्द रहेको ठोरी गाउँपालिका–३ का शैक्षिक संस्थाहरू आइतवारदेखि सुचारु भएका छन् । आन्दोलनलाई सशक्त पार्ने भन्दै वडा–३ को सङ्घर्ष समितिले शुक्रवारदेखि वडाका सबै शिक्ष्ण संस्थासमेत बन्द गराएका थिए । नागरिक अगुवा, बुद्धिजीवी, अभिभावक, विद्यार्थी, पत्रकारहरूले शैक्षिक संस्था बन्द नगर्न आन्दोलनकारीलाई आग्रह गरेकाले आइतवारदेखि शैक्षिक संस्था बन्दको कार्यक्रम फिर्ता लिएको सङ्घर्ष समितिका संयोजक श्याम श्रेष्ठले बताए । बन्द फिर्ता भएसँगै वडाका पाँचवटा सामुदायिक विद्यालय र निजी विद्यालयहरूको पठनपाठन नियमित भएको उनले बताए । सेवा केन्द्र मध्य भागमा राख्नुपर्ने माग राख्दै वडा ३ का बासिन्दाले आन्दोलनका अन्य कार्यक्रमलाई भने जारी राख्ने श्रेष्ठले बताए । माग सम्बोधन गर्न गाउँपालिकाले चासो नदेखाएकोले थप सङ्घर्षको कार्यक्रम तय गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले बताए । आठ दिन यता सडक जामलगायत अन्य विरोधका कार्यक्रम गर्दै आएको ब्रह्मनगरका बासिन्दाले शनिवार सर्वपक्षीय अन्तक्र्रिया कार्यक्रम गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis