Incident Reports

Court sentences one month in prison along with penalty on charge of child marriage

2018-03-06

Karnali, Dailekh, Narayan, Ward 11

The District Court of Dailekh has ordered to sentence 26 years old Hemanta Thapa of Narayan Municipality-11 for one month along with penalty of Rs 10,000 on charge of marrying 15 years old girl. He was charged for child marriage. The court has also ordered for a penalty of Rs 1000 each from Gagan Bahadur Thapa and Sher Bahadur Thapa on assisting marriage. The victim’s party had lodged complaint against the accused at police office on charge of luring the girl and forcing her for marriage. The case was registered at District Court based on a complaint lodged by the victim’s family. १५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा नारायण नपा-११ बिन्ध्यवासिनीका २६ वर्षीय हेमन्त थापालाई जिल्ला अदालतले फागुन २२ गते एक महिना कैद र १० हजार रुपियाँ जरिबाना गरेको छ । पीडित बालिकालाई विवाह गराउन फकाएको आरोपमा नारायण नपा-११ बिन्ध्यवासिनीकै गगनबहादुर थापा र शेरबहादुर थापालाई प्रति व्यक्ति एक/एक हजार रुपियाँ जरिबाना गरिएको अदालतका प्रवक्ता नासु विनोद आचार्यले जानकारी दिए । गएको असोज २८ गते राति आमा बुबा घरमा नभएको मौकामा फकाएर विवाह गरेको पीडित बालिकालाई फर्काएर पीडित पक्षले कात्तिक २ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले कात्तिक २२ गते दैलेख जिल्ला अदालतमा बालविवाह मुद्दा चलाएको थियो । न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट भएको फैसलामा अदालतमा पेश भएको प्रमाणका आधारमा बालविवाह गरेको ठहर गर्दै बालिका आमाबुवासँग गइसकेकोले विवाहको मान्यता कायम नरहने उल्लेख छ । २०६८ को जनगणनाको तथ्यांक अनुसार जनसङ्ख्याको अनुपातमा बालविवाह धेरै हुने जिल्लामा दैलेख तेश्रो स्थान छ । प्रतिशतका हिसावले ३२ दशमलव २५ प्रतिशत भए पनि बालविवाहको मुद्दा अदालतसम्म आइपुगेको यो दोश्रो मुद्दा हो । पाँच वर्षअघि परेको बालविवाहसम्बन्धी पहिलो मुद्दा पीडित बालिका नै ‘होष्टाइल’ भएपछि मुद्दा खारेज भएको थियो ।

0 Comments