Incident Reports

Woman arrested on the charge of human trafficking

2018-03-06

Lumbini, Rupandehi, Siddharthanagar

Police with the assistance of Maiti Nepal has rescued two women of ages 29yrs and 30yrs being trafficked to Kuwait from Belahiya border of Rupandehi on March 5. Police also arrested a person on the charge of attempting to traffic the two women. The arrested has been identified as 50-year-old Phulmaya Chaudhary of Butwal sub-metropolitan city-11. Phulmaya's daughter Pramila Chaudhary, also an an accused trafficker is on the run. २९ वर्षीया र ३० वर्षीया दुई जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा माइती नेपालसँगको सहकार्यमा प्रहरीले बेलहिया नाकाबाट फागुन २१ गते उद्दार गरी एक जना आरोपितलाई बेलहियाबाटै गिरफ्तार गरेको छ । प्रहरीका अनुसार बुटवल उमनपा-११ बुद्धनगरकी ५० वर्षीया फुलमाया चौधरीलाई गिरफ्तार गरिएको र उनकी २६ वर्षीया छोरी प्रमिला चौधरी फरार रहेकी छन् । पीडित महिलाहरूलाई कुवेतमा राम्रो काम लगाइदिने प्रलोभन देखाएर आरोपितहरूले बुटवलबाट दिल्ली जाने बसमा चढाएर बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ । कुवेत जान हिँडेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात नभएकाले बेचविखनका लागि लैजान लागेको र कुवेत पठाउने बहाना मात्र भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

0 Comments