Incident Reports

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

2018-03-06

Lumbini, Rupandehi, Siddharthanagar

२९ वर्षीया र ३० वर्षीया दुई जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा माइती नेपालसँगको सहकार्यमा प्रहरीले बेलहिया नाकाबाट फागुन २१ गते उद्दार गरी एक जना आरोपितलाई बेलहियाबाटै गिरफ्तार गरेको छ । प्रहरीका अनुसार बुटवल उमनपा-११ बुद्धनगरकी ५० वर्षीया फुलमाया चौधरीलाई गिरफ्तार गरिएको र उनकी २६ वर्षीया छोरी प्रमिला चौधरी फरार रहेकी छन् । पीडित महिलाहरूलाई कुवेतमा राम्रो काम लगाइदिने प्रलोभन देखाएर आरोपितहरूले बुटवलबाट दिल्ली जाने बसमा चढाएर बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ । कुवेत जान हिँडेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात नभएकाले बेचविखनका लागि लैजान लागेको र कुवेत पठाउने बहाना मात्र भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

0 Comments