Incident Reports

कुटपिट गरी गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार

2018-02-23

Madhes, Saptari, Rajbiraj

तिरहुत गाउँपालिका-५ की २५ वर्षीया रीनादेवी सदाको गर्भपतन गराएको आरोपमा प्रहरीले सोही ठाउँका ३९ वर्षीय रामरुप सदालाई फागुन २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन ११ गते लातले पेटमा प्रहार गरी गर्भपतन गरेको आरोप लगाउँदै पीडितले फागुन १२ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् । पेटमा लातले हिर्काएका कारण फागुन १२ गते बिहान नौ बजे उपचारमा धरान गइरहेकी पीडितको बाटोमा नै गर्भपतन भएको पीडितले बताइन् । इलाका प्रहरी कार्यालय कञ्चनरुपले फागुन १२ गते नै उजुरी दर्ता गर्‍यो । कञ्चनरुपस्थित धर्मेश्वर अस्पतालमा स्वास्थ्य उपचार गराएकी पीडितको भ्रुणको परीक्षण फागुन १२ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments