Incident Reports

बलात्कारको प्रयास गर्ने चार पक्राउ

2018-03-05

Madhes, Mahottari, Bhangaha, Ward 6

राती शौच गर्न घरबाट निस्केकी एक युवतीलाई बलात्कारको प्रयास गर्ने चार युवालाई प्रहरीले पक्राउ गरेको छ। भंगहा नगरपालिका-६ हतिसर्वाका १९ वर्षीय सुभाष विश्वकर्मा, २२ वर्षीय सचिनराय थारु, प्रदिपसिंह थारु र २६ वर्षीय गोविन्दकुमार रायलाई प्रहरीले पक्राउ गरेको हो। युवतीलाई ६ जनाले बलात्कारको प्रयास गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ। फागुन २१ गते सोमबार राति साढे ९ बजेको समयमा शौचका लागि घर बाहिर निस्केको अवस्थामा युवती माथि सामुहिक बलात्कारको प्रयास भएको सर्लाहीका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए। उपरीक्षक कडायतका अनुसार उजुरीमा परेका ६ जना मध्ये ४ पक्राउ परेका छन् भने २ फरार छन्। जवरजस्ती गर्न खोजेपछि युवतीले बचाउनका लागि गुहार मागेकी थिइन्। रोएको आवाज सुनेर पीडितका जेठान घटना स्थल पुगेपछि युवाहरु भागेका थिए। पक्राउ परेका चारैजना माथि जबरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाइएको एसपी कडायतले बताए। उनले फरार दुई जनाको खोजी भइरहेको बताए। जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पछिल्लो ८ महिनामा १२ वटा जवरजस्ती करणीका उजुरी परेका छन्। प्रहरीमा दर्ता भएका उजुरीका आधारमा १४ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। ७ जना अझै फरार छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments