Incident Reports

गोंगबुको गेष्टहाउसमा युवतीको शव भेटियो, हत्याको आशंका

2018-03-10

Bagmati, Kathmandu, Kathmandu, Ward 26

काठमाडौंको गोंगबु मित्रनगरस्थित श्रीगणेश गेष्टहाउसमा एक युवती मृत फेला परेकी छन् । नयाँ बसपार्क नजिक रहेको सोही गेष्टहाउसमा कार्यरत रोल्पा घर्तीगाउँकी १९ वर्षीया सपना घर्तीमगर शनिबार मृत फेला परेकी हुन् । प्रहरीका अनुसार गेष्टहाउसको पहिलो तल्लाको कोठा नम्बर एकमा युवतीको शव फेला परेको हो । घटना अनुसन्धानको लागि प्रहरीले गेष्टहाउस सन्चालक देवेन्द्र गौतमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । मृतक सपनाका दाजु भुपेन्द्रका अनुसार कोठाको भित्ता, बाथरुम र सिरकमा रगत र शरीरमा घाउ चोट देखिएको छ । त्यसैले सपनाको हत्या भएको दावी भुपेन्द्रले गरेका छन् । शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear , Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments