Incident Reports

व्यवसायीको हत्यामा संलग्न तीन पक्राउ, कारवाहीको माग गर्दै बजार बन्द

2018-03-13

Province 1, Jhapa, Birtamod

RSS बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ऋद्धिसिद्धी ज्वेलर्स बिर्तामोडका सञ्चालक पारस देवसहित माओवादीका पूर्व लडाकु प्रकाश ओली र अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । माओवादीका पूर्व लडाकु पाँचथर फिदिमबाट गएराति पक्राउ परेका हुन् भने अर्का एक व्यक्ति सुनसरीको इटहरीबाट पक्राउ परेका हुन् । गत फागुन २० गतेदेखि वेपत्ता बनेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा सोमवार शव फेला परेको थियो । उनको शव इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा सडकबाट २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो । यसैबीच व्यवसायीको अपहरणपछि हत्या गरिएको भन्दै विर्तामोडका व्यवसायी आन्दोलित भएका छन् । हत्यारालाई कडाभन्दा कडा कारवाहीको माग गर्दै व्यवसायीले मंगलबारबाट बिर्तामोडको बजारका पसल, उद्योग व्यवसाय बन्द गराएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघ र नेपाल सुुुनचाँदी ब्यवसायी संघ झापाले व्यवसायीको हत्याको विरोधमा हत्यारालाई कारवाहीको माग गर्दै व्यवसाय बन्द गरेर सडकमा विरोध र्‍यालीको आयोजना गरेका छन् । h
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Morang

0 Comments