Incident Reports

Six injured in the clash

2018-03-12

Madhes, Bara, Nijgadh

At least six people have been injured in the clash between a police team and locals in Simara, Bara over the murder case. The injured are identified as Sonam Khatun, police Bishnu Kumari Karku, Police Bakhat Bahadur Khadka and Tej Bahadur and others. The clash occurred when locals demand to release Samsul Miya stating that he is innocent. Samsul was arrested last Friday by the police for the investigation of the couple murder case that happened three months ago. दम्पती हत्या काण्डको बिषयलाई लिएर बाराको सिमरामा सोमवार प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । झडपमा परी प्रहरी र स्थानीय गरी आधा दर्जन घाईते भएका छन् । घाईते हुनेमा जीतपुरी सिमरा उपमहानगरपालिका–६ की सोनम खातुन, महिला प्रहरी जवान बिष्णु कुमारी कार्की, प्रहरी जवान बखत बहादुर खड्का र तेज बहादुर चौहानलगायत रहेका छन् । उनीहरुको स्थानीय अल्पाईन अस्पताल सिमरामा उपचार भैरहेको छ । सोनम प्रहरीको लाठी चार्जबाट घाईने भएकी हुन् भने प्रहरीहरु गाउँलेको ढुंगामुढा प्रहारबाट घाईते भएका हुन् । अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सिमरामा ल्याईएका जीतपुरसिमरा उपमहानगर पालिका ६ का समसुल मियालाई निशर्त रिहाई गर्नुपर्ने अडान स्थानीयले लिएपछि बिवाद चुलिएर झडप भएको प्रत्यक्षदर्शीले बताए । प्रहरीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका ६ का वडाध्यक्ष क्यामुदिन अञ्सारीको नेतृत्वमा आएका स्थानीयले समसुल निर्दोश रहेको भन्दै निसर्त रिहाई गर्न आग्रह गरेको थियो । प्रहरीले भने सामान्य अनुसन्धानको लागि मात्र बोलाएको भन्दै अनुसन्धान सकिएपछि छाडिदिने प्रतिक्रिया दिएको थियो । यता समसुललाई अनुसन्धानका लागि सार्वजनिक मुद्दामा १० दिको म्याद प्रहरीले थमाएको छ । प्रहरीले समसुललाई घरबाटै गत शनिवार पक्राउ गरी अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए । जीतपुरसिमरा उपमहानगरपालिका ३ निवासी पशु कृषक दिपक सुवेदी र उनकी पत्नी दिपा सुवेदी दम्पतीको तीन महिना अघि मंसिर १५ गते राती उनकै निवासमा हत्या भएको थियो । तीन महिना बितिसक्दा पनि प्रहरी घटनाका दोषी नजिक पुग्न नसकेको पीडित परिवारको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None , None
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Police Police
Actor 2 - Youth unknown
Total Injured 6
Female Injured 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Mahottari

0 Comments